चाडपर्व भित्रिए, घट्दो संक्रमण पुनः फैलिने सन्त्रास

आदर्श अनलाइन, बागलुङ

दोस्रो लहरमा सुरुवातमै १ हजार बढी कोरोना संक्रमित भएका थिए । तर, असार दोस्रो साता आइपुग्दा उल्लेख्य संक्रमण दर घट्यो । फेरी लकडाउन खुलाए लगत्तै श्रावण महिना जिल्लामा ७ सय ४० जना सम्म कोरोना संक्रमण पुगेको थियो ।
अहिले जिल्लामा कोरोना संक्रमण सामान्य अवस्थाको नजिक छ । पहिलेको तुलनामा रोकथाम नियन्त्रण भए पनि जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मी बताउँछन् । चाडवाडको समयमा सर्तकता नअपनाए पुनः कोरोना संक्रमण बढ्ने स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार मात्रै मालिकामा विवाह भोजमा सहभागी ११ जनामा कोरोना पुष्टी भएको छ भने केहीलाई कोरोनाको लक्षण देखिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो । “तिज आएको छ, अब दशै तिहार आउनै लाग्यो, चाडबाडको समयमा बढी भिडभाड गरेमा, कोरोनालाई हेलचक्राई गरेमा बागलुङमा पुनः कोरोनाले भयावहको रुप लिन सक्ने जोखिम कायमै छ” खनालले भन्नुभयो “अझै उच्च जोखिममा बागलुङ नगरपालिका छ, सबैले यस वर्षको चाडपर्व घरमै सीमित राख्न आवश्यक छ, हैन भने अहिले कोरोना दर मात्र हैन, परीक्षण समेत घटेर थोरै भएको हो, कोरोनाको जोखिम कायमै छ ।”

जिल्लामा यो समाचार तयारपार्दा सम्म ८५ वडा मध्ये जम्मा चार वडामा मात्रै कोरोनाको उच्च जोखिम रहेको तथ्याङ्क छ । पछिल्ला दिनमा जिल्लामा परीक्षणको दर समेत घट्दै गएको छ ।

दश,ै तिहार,छठ जस्ता नेपालीका ठूला पर्व भित्रिन लागेसंगै कोरोना संक्रमण दर तिब्र गतिले फैलन सक्ने भन्दै बागलुङका स्वास्थ्यकर्मीले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र सचेत रहन आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार नेपालको तथ्याङ्क हेर्ने हो भने बागलुङ जिल्ला अझै पनि कोरोनाको उच्च जोखिममा छ । “१०० मा हाम्रो जिल्लाको सूचक ४२ प्रतिशत हो, न्यून संक्रमण दर हुन १५ प्रतिशतमा पुग्नु पर्दछ” गुरौंले भन्नुभयो “जिल्लामा कुल परीक्षणको २८ प्रतिशत संक्रमण छ । त्यसैले जिल्ला अझै उच्च जोखिममा छ, सचेतना निकै जरुरी छ, नत्र चाडबाड कोरोना फैलाउने माध्यम बन्न सक्दछ, यसले दुखद घटनाहरु पनि निम्त्याउन सक्दछ ।”

चाडपर्वमा कोरोना सचेतना नअपनाए जिल्लामा कोरोना दर पुनः बढ्ने भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । अहिले बागलुङ नगरपालिकाका वडा नम्बर २,३,५ र १४ कोरोनाको उच्च जोखिममा छन् । नगरपालिकामा मात्रै अहिले ५३ जना सक्रिय संक्रमित रहेको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *