मुस्ताङको लार्जुङमा कार रेसिङ हुने

आदर्श अनलाइन,मुस्ताङ
हिमाल पारिको जिल्ला मुस्ताङको लार्जुङमा फर्मुला वान इ-कार रेसिङ हुने भएको छ।

नेपाल पर्यटन बोर्डको संयोजन र सहकार्यमा उक्त एक्स्ट्रिम रेस हुने भएको हो।

यसका लागि फर्मुला-इका प्रतिनिधिसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको टोली जोमसोम पुगेर ठाउँ हेरेर फर्किनुभएको छ । जोमसोममा पुगेर फर्मुला-इ च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगाग र मन्त्री योगेश भट्टराईले उक्त कार्यक्रम आयोजना गर्ने घोषणा गर्नुभयो।

फर्मुला वानको इ सिरिजका अध्यक्ष तथा सिइओ अगाग व्यापारी तथा उद्ममी हुनुहुनुन्छ। इस्पेनमा जन्मिएका उहाँको राजनीतिक पृष्ठभुमि रहेको छ। उहाँ इस्पेनका प्रधानमन्त्रीका सहयोगी भइसकेको एक्स्ट्रिम इको वेबसाइटमा उल्लेख गरिएको छ।

तर यससम्बन्धी विस्तृत सम्झौता हुन बाँकी रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले जानकारी दिनुभयो।

फर्मुला वानको इ(कार रेसिङमा विद्युतीय कार प्रयोग हुन्छन्। सन् २०११ मा पहिलोपटक यसको घोषणा भएको थियो भने सन् २०१४ मा बेजिइङमा उद्घाटन भएको थियो।

विश्वव्यापी रुपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएको छ। नेपालमा हुने रेसिङ भने फरक छ। यसमा विद्युतीय एसयुभी गाडी प्रयोग हुन सक्नेछन्। यद्यपी यसबारेमा विस्तृत जानकारी दिइएको छैन।

युरोपियन युनियनको सांसदसमेत भइसकेका उनले सुरूमा फर्मुला वानको टिभी राइट स्पेनका लागि किनेर यसमा जोडिएका थिए। अहिले उनी एक्स्ट्रिम इको सिइओ छन्। जसले फर्मुला वानको फर्मुला वान इ सिरिजको प्रतिस्पर्धा सञ्चालन गर्छ।अगाग केही समयअघि मात्र नेपाल आउनुभएको थियो।

पर्यटन बोर्डका कार्यकारी जोशीका अनुसार मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन्। सन् २०२१, मेमा उक्त कार्यक्रम नेपालमा आयोजना हुने जोशीले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *