गलकोट घुम्टे महोत्सवमा स्थानिय कला सँस्कृतिको पर्दशन गरिने

सरिता खत्री, गलकोट
दोस्रो गलकोट घुम्टे महोत्सवमा स्थानिय कला र संस्कृतिको प्रदर्शन गरिने भएको छ । जिल्लाका लोक संस्कृतिहरु लोप हुन लागेको भन्दैं महोत्सवमा स्थानिय कला र संस्कृतिलाई प्रदर्शन गर्न लागिएको आयोजकले बताएको छ ।

आगामी मंसिर ४ गते देखि ११ गते सम्म गलकोट नगरपालिका वडा नं ५ को बसाहफाँटमा हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा गलकोट क्षेत्रमा रहेका पुराना लोपउन्मुख कला सँस्कृतिलाई जर्गना गर्ने उदेश्य सहित विभिन्न जातजातिमा आधारित लोपउन्मुख मौलिक, कला सँस्कृतिहरु प्रर्दशन गर्न लागिएको हो । गलकोटमा रहेका स्थानिय कला सँस्कृति जस्तै सोरठी, सालैजो, ठाडो भाका, यानीमाया सुनिमाया, नानीलै, घुम्टे साइलो लगायतका भाकाहरु र गलकोटमा रहेका लोपउन्मुख सँस्कृतिमा आधारित विभिन्न झाँकि र जात्राहरु समेत पर्दशन गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।

महोत्सवमा गलकोट लगायत आसपासका पालिकामा रहेका कला सँस्कृतिको समेत पर्दशन गरिने भएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष एवम् महोत्सव संयोजक झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । महोत्सवमा गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन–कीर्तनलाई पनि विशेष प्रस्तुतीका साथमा राखिने गलकोट घुम्टे पर्यटन केन्द्रका सचिव सेर बहादुर थापाले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको गलकोट क्षेत्र कला सँस्कृतिले भरिपुर्ण भएको ठाँउ मानिए पनि विभिन्न कारणले गर्दा गलकोटमा रहेका कला सँस्कृति पछिल्लो समय लोप हँुदै गईरहेका छन् । गलकोटमा विभिन्न जातजातिको बसोबास रहेको छ । ती जातजातिहरुका पनि आफ्नै कला सँस्कृतिहरु रहेका छन् । ती कला सँस्कृति समेत अहिले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु, नयाँ पुस्ताले सिक्नमा तदारुकता नदेखाउनु र कला संस्कृतिलाई संरक्षण गर्न सरोकारवाला पक्षको ध्यान नजानुले पनि विभिन्न संस्कार, सँस्कृतिहरु अहिले लोप हुने अवस्थामा रहेका छन् ।


अहिले संविधानले पनि ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक, धार्मिक महत्व बोकेका परम्परागत संस्कार सँस्कृतिलाई संरक्षण गर्नको लागि लिपिबद्ध गरिसकेको बेला परम्परागत कला सँस्कृतिलाई जर्गना गर्नुपर्ने र लोपउन्मुख कला सँस्कृतिलाई जिवन्त राख्नुपर्ने सरोकारवालाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *