कुशल प्रशासक सुवेदीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’

आदर्श अनलाइन, बागलुङ

सरकारले निजामती क्षेत्रमा रहेका काम गरेका १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका सह–रजिस्ट्रारदेखि नायब सुब्बासम्मका १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । जसमध्ये बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल प्रशासक छविलाल सुवेदी समेत हुनुहुन्छ ।

सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतका सह–रजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्र कुमार केसी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम, स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिं तिङ्करीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको हो ।

यस्तै, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागकी नायब सुब्बा कमला ढकाल काफ्लेलाई पनि उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *