पर्वतमा १५ घर तत्कालै स्थान्तरण गर्नुपर्ने


आदर्श अनलाइन, पर्वत
गण्डकी प्रदेशका ११ जिल्लामध्ये पर्वत जिल्ला कुश्मा नगरपालीका वाड नम्बर ३ दुर्लुङ कुनपा ११ पकुवा लगायत विभिन्न ठाउँमा भाद्र १७ र १८ गतेको पछिल्लो वर्षातका कारण धेरै धन जनको क्षती पुगेको छ ।

पर्वत जिल्लाका पहीरो प्रभावित क्षेत्रमा प्रदेश स्तरीय अनुगमन गरीएको छ । गण्डकी प्रदेश उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयको पहीरो प्रभावितलाई राहत वितरण सहीत अनुगमन गरेको हो । उर्जा तथा जलश्रोत मन्त्री हरि शरण आचार्यको टोलिले पिडित परिवारलाई राहत विवरण गर्नुको साथै पहीरो प्रभावितहरुको गुनासो संकलन गरेको छ । आचार्यले कुश्मा नगरपालिका ३ दुर्लुगका एकै घरमा पाँच जनाको पहीरोका कारण ज्यान गुमाएकाहरुलाई दुइलाख पचास हजार राहत हस्तान्त्रण गरेका गरिएको छ ।

राहत हस्तान्त्रण गर्दै मन्त्री आचर्यले पहाडी भुगोल जलवायु अनुकुलन विकासको अवधारण अनुसार विकासको पुर्वाधारको को काम नहुँदा वर्षेनी जिल्लाकाले धन र जनको क्षतीव्यहोर्नु परेको बताउँदै नितीगत रुपमै जनवायु अनुकुल विकास गर्नु पर्ने बताए । धेरै स्थानका पहीरो खसेका कारण एकिकृत वस्ती विकासको अवधारणामा गण्डकी प्रदेश लागि पर्ने आचार्यले बताउनुभएको थियो ।

यस्तै कुश्मानगरपालिका ११ शिल्मी र पकुवामा भएको पहीरोको विवरण संकलनको लागि टोलिले अनुगमन गरेको छ । अनुगमनमा पहीरो प्रभावितहरुले वर्षाका कारण घर गुमाएकाहरुलाई आवासको व्यवस्थापन गर्न माग गरेका छन । पहीरोले सडक खानेपानी विजुली समेतमा क्षती पु¥याएका कारण छिमेकीमा आश्रय लिएर वस्तै आएको बताएका छन् ।

गत भदौ १७ गते राती आएको अविरल वर्षापछिको पहिरोले११ जनाको ज्यान गएको जिल्लामा कुश्मा नगरपालिकाका दुई वडामा धेरै क्षतीपुगेको छ । वडा तह र वस्ती वस्तीमा गरीने सडक विकास कारण पनिप हीरोको क्षती बढी भईरहेका कारण केन्द्र प्रदेश र स्थानीयतहहरुले समन्वय गरेर विकासे काम गर्न आवश्यक रहेको जन प्रतिनिधिहरुले बताएका छन् । अनुगनको टोलिले पर्वतका १५ घर तत्काल सार्नु पर्ने निश्कर्ष निकालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *