सहरदेखि गाउँसम्म सेयर बजारको चर्चा

सृजना पौडेल
कुनै पनि कम्पनीको पुँजि वा स्वामित्वलाई धेरै इकाईमा विभाजन गरी लगानीकर्तालाई बिक्री गरिन्छ भने त्यस कम्पनीको पँुजिको विभाजित इकाईको दस्तावेजलाई सेयर भनिन्छ । तसर्थ, कम्पनीका लागि पुँजि जम्मा गर्न सेयर जारी गरिन्छ । सेयरमा लगानी गरे बापत सेयरधीहरुले प्रत्येक वर्ष कम्पनीको वित्तीय मुनाफाको आधारमा लाभांश प्राप्त गर्छन् । कुनै पनि कम्पनीले गरेको व्यावसायबाट नाफा वा घाटा हुन्छ । यसरी गरिएको लगानीको अनुपातमा उक्त नाफा वा घाटा दुवैको हिस्सेदार हुन मन्जुर भई गरिएको लगानीको अंश नै सेयर हो ।

तर, सेयर भनेकै नबुझी सेयरमा लर्को लाग्नेहरु पछिल्लो समय प्रशस्तै पाइन्छन् । पछिल्लो समयमा घर घडेरी बेचेर सेयरमा लगानी गर्नेहरुको संख्या व्याप्त पाइन्छ । हालको समयलाई हेर्दा सेयर बजार एक फेसन जस्तै भएको छ । फेसबुक पोस्टमा ष्उय,त्ष्पतयपमा ष्उय,क्ष्लकतबनचबm मा ष्उयकै पोस्ट, त्यस्तै सबैतिर सेयर र आईपिओको गुनगान व्याप्त रुपमा पाइन्छ । सेयर कारोबार गर्ने वा डिम्याट ब्अअयगलत नहुनेहरु पाउन निकै गाह्रो देखिन्छन् तर, पारिवारिक रुपमै प्रत्येक सदस्यको बैंकमा खाता खोली भर्खर जन्मेका बच्चा देखि वृद्ववृद्वासम्मको सेयर खाता रहेको पाइन्छ । केही समय पहिला गाँउमा भन्दा सहरमा सेयर बजारको लर्को त थियो नै तर पछिल्लो समय गाँउघरमा पनि सेयरकै कुरा कानमा गुन्जिन थालेका छन् । यस्सो निस्कियो साथि भाइ जम्मा हुँदा पनि यही कुराकानी हुन्छ । यति लगानी, उति लगानी भन्यो, पारिवारिक गन्थनमा सेयर,चाडवाडमा रमाइलो भेटघाट सेयर बजारका कुरा, आजकल जनमानसको मानसपटलमै सेयरले जरो गाडिसकेको छ । गाउँ देखि सहर सम्मै एउटा अचम्मको परिवर्तन आइसकेको छ । अलिकति पढे लेखेकाहरु सेयर बजारका खेलाडी भैसकेकाछन् । जमघटमा गफ गर्ने नँया विषय सेयरको मूल्य कति पुग्यो ? कुन–कुन आइपिओ आउँदैछ भन्ने हुने रहेछ । कति सम्म कि कम्पनीको नाम होइन,नेप्सेको कोर्ड भन्दा रहेछन् ।

बागलुङको दक्षिण भेग जैमिनीमा पनि अहिले सेयर बजारको चर्चा चल्ने गरेको स्थानीय बताउँछन् । तासका खालदेखि मेलापातमा समेत सेयरको कुरा हुन थालेको छ । विवाह ब्रतबन्ध भोजभतेर आदिमा त कुरै छोडौँ,केही समय पहिले सहरबाट मानिसहरु गाउँ आउदा समेत कुन आइपिओ आँउदैछ भनेर गाँउलेहरु सोध्थे तर पछिल्लो समय कोरोना महामारीको कारण सहरमा बसोबास गर्ने मानिसहरु गाँउमै बस्न थालेकाले र इन्टरनेट सेवा गाँउसम्मै पुगेका कारण आँफै हेर्न र अब कुन कुन आइपिओ आउँदैछ भन्ने समेत धेरैले हेर्न जानेका छन् । कति कति भर्ने १०,२०, ३० आदि जस्ता कुराहरु गरेको सुन्न पाइन्छ ।

सेयरको तरङ्ग गाँउगाँउ सम्म व्याप्त फैलिएको देखिन्छ । पहिले मानिसहरु अलिकति पैसा वचत गरी सहरतिर घर घडेडी जोड्न तिर लाग्थे भने अहिले मानिसहरुमा सेयर भर्ने पैसा कसरी जुटाउने भन्ने चिन्ता छाएको छ । मानिसहरुमा सेयर प्रति चरम आकर्षण रहे पनि तर सेयर भनेकै नबुझी बजारको उडन्ते खबर र लहैलहैमा सेयर कारोवार गर्नेको संख्या पछिल्लो समय छ्याप्छ्याप्ति पाइन्छ ।

पछिल्लो समय देशमा आएको राजनैतिक उथलपुथलका बाबजुद पनि राजनीति भन्दा सेयरमा चासो राख्ने बढी मात्रामा पाइयो । यस्तै राजनीतिक दलमा क्रियाशील कति व्यक्तिहरुलाई समेत बुझ्दा लामो समय राजनीतिक दलको कार्यकर्ता भएर हिँडियो,केही पार लागेन, नेताहरुले पनि निराशा मात्र दिए । अब सेयर कारोबार गर्ने सोच बनाएको छु भन्ने अवस्था आएको छ । अब त पक्कै केही हुन्छ कि ? भन्ने आशा उनीहरुमा समेत देखिन्छ । बैंकका कर्मचारीहरुसँग पनि बुझ्दा उनीहरु पनि भन्छन् कि हाल बजार पनि बढिरहेकाले सबैलाई सेयर प्रति आकर्षित गरेको उनीहरुको बुझाई छ । चुनावमा भोट हाल्न समेत अल्छि मानेर नजाने साधारण मानिसहरु समेत अहिले डिम्याट खोल्न र सेयर भर्न भने अल्छि नमानी बैंकसम्म धाउन थालेका छन् । बागलुङका बैंकहरुमा हेर्दा दिनहँु १००÷१५० जना सम्मले डिम्याट खाता खोल्ने गरेको तथ्यांक छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् ।

पछिल्लो समय देशका सहरदेखि गाँउसम्म बस्ने सबैले सेयर बजार प्रति चासो राख्दै गएको वा अरुले कमाई हुन्छ भनेकै भरमा पनि लगानी समेत गर्न थालेको अनुसन्धानले नै देखाएको छ । सानोतिनो लगानी नभएका मानिसहरु भेटिन छोडेका छन् । १० कित्तानै किन नभरुन्, सेयरसँग भने बच्चा देखि बृद्वसम्म धेरैजसो जोडिएका छन् ।

घरबेटीको कोठा भाँडा तिर्न छोडेर होस् या स्कुल क्याम्पसको फि,खाजा खर्च कटाएर होस् या पसलबाट रासन उधारोमा ल्याएर होस्, सेयर भर्ने पैसा बचाएरै राखेको पाइन्छ । कति सम्म कि चाडबाडमा सपिङ गर्नु पर्यो सेयर पर्यो भने बेचेर तिज,दँसै,तिहार आदिको सपिङ गर्ने प्रचलन हुन थाल्यो । यो सेयर बेचेर यो बनाउँछु यो सेयरले यो किन्छु आदि इत्यादि योजना बन्न थाले । तिज नजिकिदै गर्दा महिलाहरु छोराको यति छोरीको यति यो सेयर बेचेर यसपाली तिज मनाउने हो । श्रीमानहरुले यो सेयर बेचेर श्रीमतिलाई तिज मनाउ भनेको छु भन्ने जस्ता कुराहरु यस्सो चोक चौतारा तिर निस्किदा सुन्न पाइन्छ ।

सेयर आजको यो मानव युगमा एउटा नसा जस्तै भइसकेको छ । विद्यार्थीहरु पढ्नमा भन्दा सेयर तिर बढी सम्लग्न र सक्रिय देखिन्छन् । युवाहरु केही गर्नुपर्दैन, सेयर कारोबारले जागिर गरे भन्दा बढी आम्दानी हुन्छ किन अरुको दबाब र गाली खाँदै जागिर खाने भन्न थालिसके । सेयर मानिसको आँफू भन्दा पनि प्यारो हुन थालेको छ ।

केही समय पहिले सेयर कारोबार डुबेर वा सेयरमा घाटा भएरै कति परिवारले आत्महत्या गरेको सुन्नमा आए । घर घडेरी धितो राखेर छिट्टै धनी हुने आशामा आफ्नो सम्पत्ति सबैले सेयर किन्ने फेसनले गर्दा कति त समाजमा नराम्रा घटना भएका छन् । अरुले भनेकै भरमा सेयर कारोवार गर्दा घाटाका कारण समाजमा द्वन्द्ध उत्पन्न नहोस् । सेयर कारोबार सजग र सचेत अनि राम्रो सँग बुझेर गरे अझ राम्रो हुने थियो कि ? कुनै पनि कम्पनीले गरेको व्यबसायबाट नाफा वा घाटा हुन्छ । यसरी गरिएको लगानीको अनुपातमा उक्त नाफा वा घाटा दुवैको हिस्सेदार हुन मन्जुर भई गरिने लगानीको अंश सेयर भएकाले पहिले उडन्ते खबर वा हावाको तालमा हिँड्ने भन्दा पनि आफन्त,छरछिमेक,परिवार आदिलाई पहिले यो बारे बुझाई कारोबार गराउनु पर्दछ । जसबाट सामाजिक चुनौतिहरु स्थापना हुन नपाउन् । जसबाट सामाजिक विकृति, विसंगति र अप्रिय घटना नहोस् ।

समाज सामाजिक सम्बन्धहरुको सञ्जाल हो । विभिन्न सामाजिक सम्बन्धबाट नै समाज निर्माण हुन्छ । यसरी सामाजिक सम्बन्धको सञ्जालबाट नै समाज निर्माण हुने भएकाले सेयर बजारले त्यस्ता प्रकारका असामाजिक घटना र नजिर स्थापित नगरोस् । जसबाट समाजलाई नकारात्मक प्रभाब नपरोस् । हुन त हालको परिस्थितिलाई हेर्दा सेयर बजारले त्यति नराम्रो प्रभाव त पारेको देखिदैन । विद्यार्थीहरुलाई नै हेर्दा कतिपयले त अभिभावकसँग पढाइ खर्च माग्न छोडे भने बेरोजगारले कँहिकतै आँफैले खर्च चलाउन थाले भन्ने समाचारहरु सुन्न पाइन्छ । यस्तो भयो भने त ठिकै छ तर सेयर बजारले समाजमा विकासको नाममा विनाश नल्यायोस्,सामाजिक चुनौती पैदा नगरोस् । हुँदा खाने र हुने खाने बिचको खाडल बढ्दै नजाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *