गाँजासहित ३ जना पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले झन्डै ५ केजी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा शनिबार पोखरा ३०  पावरहाउसबाट तीन जनालाई ४.७ केजी लागूऔषध गाँजासहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा -३२ बेगनास ताल बस्ने २० वर्षीय  सरोज राना र १९ वर्षीय सुजन नेपाली डेढ केजी गाँजासहित पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी  सुवास हमालले जानकारी दिनुभयो ।

त्यस्तै धादिङ खनियाबास-४ स्थायी घर भई पोखरा ६ लेकसाइड बस्ने २० वर्षीय  करण तामाङ ३.२ केजी गाँजासहित पक्राउ परेको डिएसपी  हमालले उल्लेख गर्नुभयो ।

प्रहरीले उनीहरुको साथबाट दुई थान मोबाइल सेट समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट सात दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *