पर्वतमा बलात्कार आरोपमा १७ वर्षिय किशोर पक्राउ

आदर्श अनलाइन, कुश्मा

बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले १७ वर्षीया किशोरलाई पक्राउ गरेको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षीय महिला बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित महिलाका दाजुले गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागू हुनेगरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । गोपनीयताका कारण दुवै पक्षको विवरण नखुलाइएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *