कृष्ण, सार्थक र बिज्ञानको नयाँ गीत “कस्तो मन रैछ”

आदर्श अनलाइन

कृष्ण बस्यालको नयाँ गीत सार्वजनिक भएको छ ।

माया प्रेम संग सम्बन्धित एकल गीत “कस्तो मन रैछ” मा रमेश सार्थक र बिज्ञान न्यौपानेको स्वर छ ।

उक्त गीतमा शब्द ,संगीत कृष्ण बस्यालको छ । बस्यालको अरु चर्चित गीत बनकी चरी,सिमलैमा मैना लगायत सार्बजनिक भएका छन् ।

“सर्त ” नामको एल्बम बाट गीत संगीतमा लागेका रमेश सार्थकको यो भने दोश्रो गीत हो । बागलुङको जैमिनी नगरपालिका ८ जैदिमा जन्मिएका सार्थक लोक दोहोरीमा राम्रो सम्भावना बोकेका कलाकार हुन् । गायन क्षेत्रमा प्रवेश गरेका अर्का गायक विज्ञान न्यौपानेको भने यो गीत पहिलो हो । माया प्रेममा आधारित गीत कृष्ण बस्यालको आधिकारिक युट्युव च्यानलबाट सार्बजनिक भएको हो ।

गीतको भिडियोमा रमेश सार्थक र विज्ञान न्यौपानेको अभिनय छ छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *