म्याग्दीमा प्रअ माथि खुकुरी प्रहार, हेलिकप्टरबाट पोखरा लगियो

आदर्श अनलाइन, म्याग्दी

जिल्लाको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट विद्यालयका प्रधानाध्यापक गम्भिर घाइते भएका छन् ।

बुधबार विहान करिब साढे ९ बजे बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भिर घाइते भएको स्थानीयले बताएका छन् ।

खुकुरी प्रहारबाट बाटोमै बेहोस हुनुभएका पुनलाई प्राथमिक उपचार गरि मालिका गाउँपालिकाको समन्वयमा हेलिकप्टरको व्यवस्थापन गरी मणिपाल शिक्षण अस्पतालमा लगिएको स्थानीय शिक्षक भुपेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार, घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भिर चोट लागेको छ । देब्रे हातका दुई वटा औँला समेत खुखुरी प्रहारबाट चुँडीएको शिक्षक पुनले बताउनुभयो । खुकुरी प्रहारको कारण नखुलेको र पुन फरार भएका छन् ।

पुनको खोजीकार्यको लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

तुलनात्मक रुपमा बढी अपराधिक गतिविधि हुने गरेको रुमको शान्ति सुरक्षालाई मध्यनजर गर्दै हालै मात्रै जिल्ला प्रहरी कार्यालयबाट दुई साताको लागि स्थलगत रुपमा प्रहरी टोली खटाईएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *