नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो जिल्ला अधिवेशन


आदर्श अनलाइन, बागलुङ

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्य समिति बागलुङको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष श्याम बहादुर पाठकलले उद्योगी व्यवसायीहरुलाई संकटको घडीमा राहतको प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले कोरोना कहरमा प्रभावित बनेका उद्योगी तथा व्यवसायीहरुलाई सरकारले राहतका प्याकेजहरु जस्तै व्याजमा सौलियत, बाहाल करमा छुट लगाएका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले उद्योगी तथा व्यवसायीहरुको हकहितका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले लागि परेको बताउनुभएको छ । सरकारले कर छुट, डुब्न थालेका व्यवसायीहरुलाई पुर्नउत्थान लागयतका कार्यक्रम ल्याउन आवश्यक रहेको र आफूले लगातार पहल गरिरहेको बताउदै ढुक्क भएर व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन सबैले समन्वय गर्न आवश्यक छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्यक्ष तथा संरक्षक खिमलाल भण्डारी, गण्डकी प्रदेश सचिव जनकराज पराजुली, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्यक्ष श्याम प्रशाद श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेकपा माओवादी केन्द्रका बागलुङका संयोजक अनिल गैरे, नेपाल राष्ट्रिय बाणिज्य संघका भवनराज बराल, घरेलु उद्योग महासंघ बागलुङका महासचिव गोविन्द कार्की, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

दोस्रो जिल्ला भेलाका अवसरमा संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारी र पूर्व अध्यक्ष रतन प्रसाद मलेपतीलाई सम्मान गरिएको थियो । सम्मानीतको तर्फबाट लालचन्द्र राजभण्डारीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्यसमितिका अध्यक्ष राज बहादुर थापाको अध्यक्षता, पूर्वा अध्यक्ष रतक प्रसाद मलेपतीको स्वागत तथा उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । जिल्ला भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *