सन्दर्भ बाल दिवस : विद्यार्थीलाई वित्तीय साक्षरता

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय बाल दिवसको अवसर पारेर बागलुङको एक विद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको छ । जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

धौलागिरीकै पहिलो सञ्चार सहकारी र बैकको शाखा कार्यालयले बाल दिवसको सन्दर्भमा सनराईज आवासीय विद्यालयमामा वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न गरेको हो । आदर्श सञ्चार सहकारी संस्थाले तय गरेको वार्षिक कार्यक्रम ‘बालबालिका संग आदर्श’ अन्र्तगत बालदिवसको अवसरमा सहकारी बैंकसंग सहकार्य गरी विद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको आदर्श सञ्चार सहकारीले जनाएको छ ।

सनराइज बोर्डिङ स्कूलका ३५ जना विद्यार्थीलाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले वित्तीय साक्षरताका विषयमा सहजीकरण गर्नु भएको थियो ।

युवा विद्यार्थीहरुलाई वित्तीय साक्षरताको बढी आवश्यकता पर्ने भन्दै जिसीले आवश्यकता र चाहनाको पहिचान गरेर खर्च गर्ने बानीको विकास गर्नु पर्नेमा जोड दिनुभयो । आम्दानी बढाएर र खर्च कटौती गरेर वचत गर्ने बानीको विकास गर्न उहाँले विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

उहाँले सहकारी के हो, कसरी बचत गर्ने, आर्थिक उपार्जनका लागि गर्न सकिने कामहरु लगायतका विषयमा विद्याथर््ीलाई जानकारी गराउनुभएको थियो । वित्तिय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले सहकारी तथा बचतका विषयमा आफूले जानेको कुराहरु समेत राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल चन्द्र बहादुर क्षेत्रीले विद्यार्थीहरुले शिक्षासंगै व्यवहारिक जीवन जिउनका लागि वित्तीय साक्षरताको महत्वपूर्ण भूमिका रहने धारणा राख्नु भएको थियो । विद्यार्थीहरुलाई सहकारीमार्फत व्यवसाय वृद्धिका योजनाका बारेमा निरन्तर सचेतना प्रदान गरिने बताउनुभयो ।

कार्यक्रम आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीको स्वागत तथा आदर्श सञ्चार सहकारीका प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *