खेलकुद मन्त्री गुरुङको सम्पत्तिबारे संसदमा उठ्याे प्रश्न

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को सम्पत्ति विवरण नबुझाएको विषय संसदमा उठेको छ । प्रदेशसभाको मंगलबार पच्चीसौं बैठकको शून्य समयमा बोल्दै एमाले सांसद कृष्णबहादुर थापाले सम्पत्ती विवरण नबुझाउनुको कारणको वास्तविकता सदन मार्फत जानकारी गराउन माग गरेका छन् ।

राजकीय पदमा जाने जो कोहीले पनि दुई महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि मन्त्री गुरुङले अहिलेसम्म सार्वजनिक नगरेकाले सदन मार्फत विवरण नखुलाउनुको वास्तविक कारण जानकारी गराउन उनले माग गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *