सीमा अतिक्रमण बिरुद्ध हिमाल पारि पनि प्रर्दशन

आदर्श अनलाइन,मुस्ताङ
हिमाल पारिको जिल्ला मुस्ताङमा पनि भारतीय सीमा अतिक्रमणको बिरोधमा प्रर्दशन भएको छ ।

जोमसोम स्थित तेजनिरला जनहित बहुमुखी क्याम्पसमा अध्ययनरत स्वतन्त्र बिद्यार्थी युनियन र अनेरास्वबियु मुस्ताङले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् ।

‘कालापानी र लिपुलेक हाम्रै हो , सीमा मिच्न पाईदैन’ भन्दै बिद्यार्थीले पुथाङ एयरपोर्ट देखि आर्मी ब्यारेक र जोमसोम गुम्बा हुँदै जिल्ला प्रशासन कार्यालय मुस्ताङ अगाडी कोण सभा गरेका थिए।

कोण सभामा तेजनिरला जनहित बहुमुखी क्याम्पसका स्वबियु सभापती रबिन बानियाले नेपाली बिर पुर्खाहरुले आर्जेको साँध, सिमाना र सम्पतीमा संवेदनशिल बन्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय भारतले आफ्नो नया नक्सामा एकपक्षिय ढंगले नेपाली भुभाग कालापानी क्षेत्रको कालापानी ,लिपुलेक र लिम्पियाधुरा समेटिएपछि भएको देश ब्यापी बिरोध प्रर्दशनको भईरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङका बिद्यार्थीे राष्ट्रिय स्वाभिमानका पक्षमा उभिएको बताउनुभयो ।

अनेरास्वबियु मुस्ताङका अध्यक्ष पेमा छेतेन बिकले नेपाल जस्तो सानो राष्ट्रलाई सहानुभुतीको सट्टा भारतले हेपाहा प्रबृद्धि अपनाएको बताउनुभयो । बिद्यार्थी नेता आदित्य रसाईली भारतले ३७४ हेक्टर जग्गा एकपक्षिय रुपमा कब्जा गरेर बल मिच्याई गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *