धान झुल्ने खेतमा आधुनिक बसपार्क तर, सञ्चालनमा अझै चुनौती

आदर्श अनलाइन, बागलुङ

जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयले नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा निःशुल्क रुपमा बसपार्क निर्माण गर्न दिन तयार भए । फलस्वरुप बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पुरा त भयो । तर, आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन् । जसले बसपार्क सञ्चालन र व्यवस्थापनमा केही समय अझै घर्किने संकेत देखिएको छ ।

जनताले बागलुङ नगरपालिकालाई दिएको जग्गामा नगरपालिकाले करोडौ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माणको काम अहिले सम्पन्न भएको अवस्था छ । तर, बसपार्क पुग्ने सडक तथा जग्गा दाताका लागि घडेरी व्यवस्थापनले बसपार्क सञ्चालनमा भने केही कठिनाई देखाएको छ । बसपार्कलाई राष्ट्रिय राजमार्गले नछुँदा, बसपार्क पुग्ने सडक साँघुरो हँुदा र सम्झौता अनुसारको घडेरी व्यवस्थापनमा ढिलाई हुँदा बसपार्क सञ्चालमा ढिलाई भइरहेको छ । मध्यपहाडी लोकमार्ग र बेनी बागलुङ सडक नजिकै बसपार्क निर्माण भए पनि बस्तीको बिचमा साँघुरो सडक हुँदै बसपार्क जानुपर्ने भएकाले ठूला बस सञ्चालनमा कठिनाई हुँदा बैकल्पिक मार्ग तयार गर्नुपर्ने नगरपालिकालाई चुनौती छ ।

बसपार्क निर्माणका लागि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको १९ वर्षपछि बसपार्क निर्माण गरे पनि अन्य जग्गामा बस्ती व्यवस्थापनाका लागि उपर्युक्त घडेरी व्यवस्थापन गरी जनतालाई फिर्ता गर्ने कार्यमा ढिलाई भएको छ ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमन सँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो । असारमै सम्पन्न भएको बसपार्क कहिले सञ्चालनमा आउला भन्ने चिन्ता र चासो स्थानीयमा छ ।

स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि एक सय २७ वटा घडेरी निर्माण गरेर स्थानीयलाई फिर्ता गर्नुपर्ने छ । नगरपालिकाले घडेरी व्यवस्थापनाका लागि पटक/पटक बजेट विनियोजन गदै आएको र छिट्टै बसपार्क सञ्चालनमा ल्याउने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले व्यवस्थित घडेरी निर्माण गरी स्थानीय जग्गादातालाई हस्तान्तरण गरिने बताउनुभयो ।

“ठूलो चुनौतीका बाबजुद नगर विकास कोषबाट ऋण लिएर बसपार्क निर्माण गरेका हौं, स्थानीयले दिएको जग्गामा सम्झौता बमोजिम बसपर्का बनाएको र बाँकी रहेको जग्गालाई व्यवस्थित गरी दातालाई बुझाइनेछ, केही समय लाग्ला छिट्टै बसपार्क सञ्चालनमा आउनेछ” नगर प्रमुख पौडेलले भन्नुभयो “जग्गा व्यवस्थापनका लागि नगरपालिकाले हालसम्म एक करोड ३५ लाख बजेट विनियोजन गरिसकेको छ, बसपार्क चलाउदै घडेरी बनाउदै लैजाने योजना छ ।”

नगर प्रमुख पौडेलका अनुसार शुरुमा घडेरी निर्माण गर्न ४० लाख, पर्खाल लगाउन २० लाख दिइसकिएको छ, चालु आार्थिक वर्षमा रु.७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र यसपटक घडेरीले आकार लिने उहाँको भनाई छ ।लबसपार्क रु.८ करोड ७० लाखमा निर्माण गरिएको हो । बसपार्क बाहेकको जग्गा हस्तान्तरणमा केही ढिलाई भए पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम भने गरिरहेको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो । “ढिलो भएको हो, तर काम नभएको भन्ने हैन, बसपार्क बनाइसकेकाले सञ्चालनमा ल्याउनु पर्दछ, घडेरी बनाउदै लैजानु पर्दछ,” राभण्डारीले भन्नुभयो “ होटल रेड एप्पल आसपासको बाटो र कटहरको बोटको बाटोलाई एकतर्फी बनाएर बसपार्क सञ्चालनमा ल्याउन आवश्य छ ।”

लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समय सम्म बसपार्क निर्माण नहुँदा जग्गादाता निराश भए पनि अहिले बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधी शर्माले बताउनुभयो । अब छिट्टै बाँकी रहेको जग्गा जग्गाधनीको नाममा आउनुपर्नेमा उहाँको जोड छ ।

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।
धान झुल्ने खेतमा आधुनिक बसपार्क तर, सञ्चालनमा अझै चुनौती

आदर्श अनलाइन, बागलुङ

जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयले नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा निःशुल्क रुपमा बसपार्क निर्माण गर्न दिन तयार भए । फलस्वरुप बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पुरा त भयो । तर, आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन् । जसले बसपार्क सञ्चालन र व्यवस्थापनमा केही समय अझै घर्किने संकेत देखिएको छ ।

जनताले बागलुङ नगरपालिकालाई दिएको जग्गामा नगरपालिकाले करोडौ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माणको काम अहिले सम्पन्न भएको अवस्था छ । तर, बसपार्क पुग्ने सडक तथा जग्गा दाताका लागि घडेरी व्यवस्थापनले बसपार्क सञ्चालनमा भने केही कठिनाई देखाएको छ । बसपार्कलाई राष्ट्रिय राजमार्गले नछुँदा, बसपार्क पुग्ने सडक साँघुरो हँुदा र सम्झौता अनुसारको घडेरी व्यवस्थापनमा ढिलाई हुँदा बसपार्क सञ्चालमा ढिलाई भइरहेको छ । मध्यपहाडी लोकमार्ग र बेनी बागलुङ सडक नजिकै बसपार्क निर्माण भए पनि बस्तीको बिचमा साँघुरो सडक हुँदै बसपार्क जानुपर्ने भएकाले ठूला बस सञ्चालनमा कठिनाई हुँदा बैकल्पिक मार्ग तयार गर्नुपर्ने नगरपालिकालाई चुनौती छ ।

बसपार्क निर्माणका लागि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको १९ वर्षपछि बसपार्क निर्माण गरे पनि अन्य जग्गामा बस्ती व्यवस्थापनाका लागि उपर्युक्त घडेरी व्यवस्थापन गरी जनतालाई फिर्ता गर्ने कार्यमा ढिलाई भएको छ ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमन सँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो । असारमै सम्पन्न भएको बसपार्क कहिले सञ्चालनमा आउला भन्ने चिन्ता र चासो स्थानीयमा छ ।

स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि एक सय २७ वटा घडेरी निर्माण गरेर स्थानीयलाई फिर्ता गर्नुपर्ने छ । नगरपालिकाले घडेरी व्यवस्थापनाका लागि पटक÷पटक बजेट विनियोजन गदै आएको र छिट्टै बसपार्क सञ्चालनमा ल्याउने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले व्यवस्थित घडेरी निर्माण गरी स्थानीय जग्गादातालाई हस्तान्तरण गरिने बताउनुभयो ।

“ठूलो चुनौतीका बाबजुद नगर विकास कोषबाट ऋण लिएर बसपार्क निर्माण गरेका हौं, स्थानीयले दिएको जग्गामा सम्झौता बमोजिम बसपर्का बनाएको र बाँकी रहेको जग्गालाई व्यवस्थित गरी दातालाई बुझाइनेछ, केही समय लाग्ला छिट्टै बसपार्क सञ्चालनमा आउनेछ” नगर प्रमुख पौडेलले भन्नुभयो “जग्गा व्यवस्थापनका लागि नगरपालिकाले हालसम्म एक करोड ३५ लाख बजेट विनियोजन गरिसकेको छ, बसपार्क चलाउदै घडेरी बनाउदै लैजाने योजना छ ।”

नगर प्रमुख पौडेलका अनुसार शुरुमा घडेरी निर्माण गर्न ४० लाख, पर्खाल लगाउन २० लाख दिइसकिएको छ, चालु आार्थिक वर्षमा रु.७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र यसपटक घडेरीले आकार लिने उहाँको भनाई छ ।लबसपार्क रु.८ करोड ७० लाखमा निर्माण गरिएको हो । बसपार्क बाहेकको जग्गा हस्तान्तरणमा केही ढिलाई भए पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम भने गरिरहेको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो । “ढिलो भएको हो, तर काम नभएको भन्ने हैन, बसपार्क बनाइसकेकाले सञ्चालनमा ल्याउनु पर्दछ, घडेरी बनाउदै लैजानु पर्दछ,” राभण्डारीले भन्नुभयो “ होटल रेड एप्पल आसपासको बाटो र कटहरको बोटको बाटोलाई एकतर्फी बनाएर बसपार्क सञ्चालनमा ल्याउन आवश्य छ ।”

लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समय सम्म बसपार्क निर्माण नहुँदा जग्गादाता निराश भए पनि अहिले बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधी शर्माले बताउनुभयो । अब छिट्टै बाँकी रहेको जग्गा जग्गाधनीको नाममा आउनुपर्नेमा उहाँको जोड छ ।

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *