जमार्गको नालीमा भेटियाे मृत चितुवा

तनहुँको म्याग्दे गाउँपालिका-२ गुणादीमा सडकको नालामा मृत भेटिएको भाले चितुवा ।

आदर्श अनलाइन, तनहुँ
तनहुँको म्याग्दे गाउँपालिका-२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो ।

करिब १२ वर्ष उमेरको भाले चितुवा मृत अवस्थामा फेला परेको सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताउनु भएकाे छ । ‘चितुवा सडेको अवस्थामा सडकको नालीमा फेला परेको हो । गन्हाउन थालेपछि स्थानीयले देखेर खबर गरेका थिए’, उहाँले भन्नुभएकाे छ ।

उहाँका अनुसार चितुवाको शरीरमा कुनै प्रकारको चोट देखिएको छैन । ‘नालीमा भएकाले पानीले पखालेर होला रगत पनि देखिँदैन । सडकमा गाडीसँग ठोक्किएर नालीमा खसेको पनि हुन सक्छ’, रानाभाटले भन्नुभयाे । उक्त चितुवा कार्यालय परिसरमा गाडिएको उहाँले जानकारी दिनु भयाे । तनहुँमा पछिल्ला वर्ष चितुवाको बिगबिगी बढ्दो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *