आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्राद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सेयर सदस्य रामचन्द्र वझाका छोरा तथा शेयर सदस्य सुमती वझाका दाजु बागलुङ नगरपालिका वडा नम्बर ३ नौबिसेटोल निवासी राजीव वझाको १२ औं दिनको पुण्यतिथि पारेर दुःख व्यक्त गर्दै र श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाका सञ्चालक शान्ति श्रेष्ठ, अम्बिका जि.सी. लगायतले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय वझाको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

सहकारीले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

त्यस्तै संस्थाका शेयर सदस्य भिमा वि.कको सासुआमा फुलमाया सुनारको निधन प्रति दुःख व्यक्त गर्दै बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

No description available.


बरेङ गांउँपालिका–३ निवासी सुनारको छैठौं दिनको पुण्यतिथि पारेर संस्थाका बरेङ गाउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्माले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय सुनारको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *