जीवनकुमार शाक्य
राजकुमार सिद्धार्थ गौतम युवा अवस्थामा मानसिक शारीरिक, सामाजिक रुपमा स्वस्थ थिए । रुप रंग, उचाई, मोटो घाटो र हुष्टपुस्ट थियो । काम व्यवहार युद्धकलामा पनि पारंगत थिए । स्वस्थ सजग क्षमतावान, शील सदाचारका धेरै गुणले सम्पन्न र क्षमतावान पनि थिए । तर पनि उनी भित्रै आत्मादेखि पुरै स्वस्थ भने थिएनन् । उनी भित्र पनि शान्ति थिएन । समस्या, भ्रम थियो र त्यसका निवारण वा समाधान खोज्ने दृढ निश्चय थियो । त्यसैले सुटुक्क राजदरवार त्यागे, अनेक गुरुको सम्पर्कमा गएर साधना गर्नुभयो तर अझै शरीरमा धेरै क्लेश र राग ताप भएको महशुस भए पछि एक्लै वोधी बृक्ष मुनि वसेर तपस्या वा ध्यानमा बस्नु भयो र बुद्धत्व प्राप्त गर्नु भयो । तर, बुद्धत्व प्राप्त गरे पछि भने उनी पूर्ण स्वस्थ र सबै गुण कलाले सम्पन्न थिए । बुद्धकालीन समयमा भिक्षुहरु र तत्कालिन राजाहरुको भनाई अनुसार उहाँमा अद्धित्तिय अलौकिक शक्ति पनि थियो । भलै उहाँले कहिल्यै यसको प्रदर्शन गर्नु भएन । धेरै बाध्यता भए पछि, आफ्नो बुद्धत्वमा शंका उपशंका गरे पछि भने उहाँले त्यो अलौकिक शक्ति देखाउनु भएको थियो भन्ने भनाई त्रिपिटक पुस्तकहरुमा उल्लेख गरिएको सुनेको छु ।
मानव इतिहाँसमा विश्वभरमा गौतम बुद्ध जस्तो अद्धितिय पूर्ण रुपमा स्वस्थ व्यक्ति पाउन सक्दैनौ । उहाँ कति सम्म स्वस्थ हुनुहुन्थ्यो भन्ने ४० वर्ष मागेर भिक्षाटन गरेको खाना खाएर नेपालमा र भारतको धेरै ठाउँमा पैदल हिँडेर तत्कालीन समयमा जनतालाई जीवन जिउने कला मार्गको देशना गर्ने कार्य गर्नुभयो । अन्तिममा ८० वर्षको उमेरमा चुन्द कुमारको निम्तोमा विषजन्य खाना खाएर रगत बग्ने, ज्वरो आउने, पखाला लगायतका रोगले बिरामी परेर बित्नुभयो ।
तर, समुदायमा विश्वभरमा ९९.९ प्रतिशत मान्छेहरु राजकुमार सिद्धार्र्थ भन्दा बढी अस्वस्थ छन् । शारीरिक सामाजिक रुपमा होला मानसिक र भित्रै आत्मा स्वस्थ भएको पाउन सक्दैनौ, केही न केही राग र ताप भएको भित्र अशान्त असन्तोषको तुष भएका धेरै छन् । यही रोग हो, कुनै विकृति नभएको मात्र होइन, शारीरिक मानसिक सामाजिक रुपमा र भित्रैदेखि स्वस्थ नभएमा हामी वास्तविक शान्ति, स्वस्थता, स्वतन्त्रता र क्षमता भएका हुँदैनौ । राजकुमार सिद्धार्थलाई जस्तो भित्र राग र तापको आगोले घटी बढी सबैलाई छ । तर, रागतापलाई निराकरण गर्छु भन्ने दृढ निश्चय त छँदै छैन । रोगको हिसावले सर्ने नसर्ने, दीर्घ, छोटो, कडा सामान्य हुन्छ । हामीमा यो संगै यो देखिने नदेखिने मानसिक,शैक्षिक, शारीरिक, सामाजिक, राजनीतिक, आर्थिक भ्रष्टाचार व्यभिचार सबै रोग छ ।
रोग मान्छेले जन्मेदेखि लिएर आउँछ, जसलाई हेरिडिटि वा इन्वर्न रोग भनिन्छ । यो बावु आमा बाजे बराजुदेखि सर्दै आउने रोग हो । यसमा चिनी रोग, मुटुमा प्वाल पर्ने भल्भको रोग, घाउ चोट पटक लाग्दा रगत बग्न नरोकिने रोग, क्यान्सर आदि पर्छ । दाँतमा किरा लाग्ने समस्या पनि पारिवारिक भएको देखेको छु । कूनै पनि युवा, महिला, विवाह पछि गर्भवती भएको अवस्थामा तीनले परिवारबाट पाउनु पर्ने खानपान स्वस्थ सकारात्मक ब्यवहार श्रीमान् सासु ससुरा परिवारका अन्य सदस्य छरछिमेक वा संघ संस्थाबाट पाउन सकेन भने वा तीनले सकारात्मक सोच व्यवहार अपनाउन सकेन वा सम्पर्कजन्य भिरंगी गोनोरिया, जर्मन दादुरा, जापानिज इन्सेफ्लाइटिस आदि भयो भने तीनले जन्माउने शिशुमा र पछि बाल, किशोर, युवा अवस्थामा धेरै रोग वा स्वास्थ्य समस्या हुन्छ । अन्य मानसिक सामाजिक समस्या पनि हुन सक्छ । शिशुमा गर्भ रहे देखिनै आमाको सकारात्मक नकारात्मक मन, सोच, व्यवहारको असर र गुण स्वभावहरु देखा पर्छ । जन्मिदै अपांग हुनु आमा बुवा बाजे बजेको रिसाउने, झर्कने वा शान्त स्वभाव हुनु अनुहार रंग, अग्लो होचो विभिन्न रुप आकारको हुनु, विभिन्न स्वभावको हुनु पनि हेरिदिटी हो । त्यसैलै स्वस्थ हुन असल, स्वस्थ पारिवारिक, सामाजिक वातावरण संस्कार सवै चाहिन्छ भन्ने हो । तर, हाम्रो परिवार समाज, देशको अवस्था राज्य संस्कारलाई हेरौं त कस्तो छ ?
त्यसपछि रोग समस्या भन्ने कुरो परिवारमा आमा बाबु अन्य सदस्यहरु, छरछिमेक संघसस्थाहरुले शिशु, बाल, किशोर युवा र प्रौढ अवस्थामा गर्ने व्यवहारमा भर पर्छ र समाजमा समुदाय भएको शैक्षिक, भौतिक, सामाजिक, आर्थिक, राजनीतिक वातावरणमा र भौगोलिक क्षेत्र अवस्थामा भर पर्छ । गलत दुषित वातावरणले रोगको लागि मलजल योग्य हुने भएकोले जिवाणु, विषाणु, फंगल, प्रोटोजुवा, लामखुट्टे, सवै जन्मन्छ, बन्छ । थुप्रै रोग कारक रोगी बिरामी बनाउने मान्छेहरु जन्माउँछ, बनाउँछ वातावरण पनि । उडुस, उपियाँ, फोहर पानी जम्ने, काठमाण्डुको जस्तो फोहोर थुप्रिने गन्हाउने, सम्पर्कबाट हावाबाट हाछँ्यु गर्दा खोक्दा हात मिलाउँदा यौन सम्पर्क गर्दा सर्ने रोगहरु सबै सर्ने हुन्छ कोरोना जस्तै । गलत खानपान र बोली वचन, गलत खराब व्यवहार, पिट्ने मार्ने हात हतियार, बम बारुदको युद्ध सवै गलत स्वभाव, संस्कार र वातावरणको परिणाम हो । मान्छेहरु होचो पुड्को कालो, निलो, गोरो, अपांगता भएको, नमिलेको नराम्रो, भूँडी ठुलो, धेरै मोटो, धेरै कुपोषित, सुगर, क्यान्सर पत्थर सवै रोग पनि गलत शिक्षा, स्वभाव संस्कार र वातावरणको कुप्रभाव हो ।
उपचारः बचावट
तत्कालीन जटिल ज्वरो लक्षण, घाउ चोट पटकमा डाक्टर स्वास्थ्यकर्मीहरुको शरणमा जानै पर्ने हुन्छ । औषधीले रोग तत्कालका लागि शरीरमा भएका जिवाणु, विषाणुलाई मार्ने, हटाउने, भगाउने दबाउने गरेर केही समयका लागि रोग निको पार्छ तर दीर्घकाल सम्म रोग निको पार्न सक्दैन । खराब वातावरणले पुनः पुन रोगहरु जन्मिन्छ, फैलिन्छ । समाज समुदायमा रोगका स्रोतहरु जतासुकै हुन्छ । त्यसैले दीर्घकालीन रोगका घरहरु, स्रोतहरु कम र नियन्त्रण गर्न भगवान गौतम बुद्धले पहिल्याएको पञ्चशील, अष्टशील लगायत अष्ट मध्यम मार्गको बाटोले मात्र उपचार र बचावटको काम गर्न सक्छ । एउटै मात्र बाटो, उपाय वा मार्ग भन्दा पञ्चशील अष्टशील र अष्ट मध्यम मार्ग जस्तै नियम अनुशासनका मार्ग अपनाएर मात्र रोगका दीर्घकालीन समस्याहरुलाई समाधान गर्न सकिन्छ भनेर रामदेव र अन्य सन्तहरुले भन्दै आईरहेको देखिन्छ । भगवान गौतम बुद्धले परिवार, समाज, राज्यमा गलत दुषित शिक्षा संस्कारले मान्छेको मष्तिस्कमा पर्ने नकारात्मक गलत असरको प्रभावले गलत स्वभाव संस्कृति परम्पराको विकास भएर उपचार गर्न धेरै कठिन हुने अवस्था नहोस् भनेर नै समाधानको यो उपाय आज भन्दा २७०० वर्ष अघि मानव मात्रको कल्याणको लागि यस्तो बताउनुभएको थियो । यो मार्गमा दृढ भएर लाग्नेहरुले तत्कालीन समयमा धेरैले निर्वाण प्राप्त गरे तर यो सुचना सञ् चारको युगमा मोवाइल, टि.भि आदिले फैलाएको विकृतिले मान्छेको दिमाग झन भ्रष्ट भएको हो कि ? हामीहरुमा दृढता निश्चयता धैर्यताको अभाव छ, भ्रम शंका उपशंकाले मार्ग अपनाउँदै गर्दा पनि भड्किने बाटो बिराउने वा साहस साधनाको बाटोमा लाग्ने धैर्यता गुमाएका छौ र पलायन वा सम्झौताको बाटो रोजेका छौ । परिणामतः सबै खाले रोगी छौं । भवतु सब्ब मंगलम् ।