आम सञ्चार विधेयक प्रति पत्रकार महासंघ बागलुङको ध्यानार्कषण

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले हालै संसदमा दर्ता गरेको ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ प्रति नेपाल पत्रकार महासंघ बागलुङको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै बागलुङ शाखाले विधेयकमा उल्लेखित केही बुँदाले नेपालको संविधान २०७२ले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी प्रहार गरेको भन्दै तत्काल विधेयक सञ्चाउन माग गरिएको छ ।

“विधेयकमा घुमाउरो तरिकाबाट अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथी अँकुश लगाई नागरिकलाई सूचनाको हकबाट बञ्चित गरिएको छ” विज्ञप्तीमा भनिएको छ “छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनमा भएका व्यवस्था विपरित दर्तामा कडा प्रावधान, आचार संहिता उल्लंघनका नाममा कैद र जरिवाना तोक्ने, मुद्धाको सुरु कार्वाही र किनारासम्मका विवादास्पद प्रावधान विधेयकमा समावेश गरिएको प्रति हाम्रो ध्यानआर्कषण भएको छ ।”

पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेल र सचिव विजय रानाद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रेस स्वतन्त्र पत्रकारिताको मूल मर्म माथी प्रहार हुने गरि तयार गरिएको विद्येयकले सिङ्गो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथी नै प्रहार गर्ने हुँदा त्यस्तो विद्येयकलाई सच्याई संविधानले प्रत्याभूति गरेको पूर्ण प्रेस स्वतन्त्राको रक्षाको लागि अनुरोध गरिएको छ । विद्येयक नसच्याए नेपाल पत्रका महासंघ चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *