काँग्रेस बागलुङ नगरको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’को उम्मेद्वारी घोषणा

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा तहको अधिवेशन सकिएसँगै यतिबेला गाउँ र नगरपालिका स्तरको अधिवेशनको सरगर्मी बढेको छ । उम्मेदवारी घोषणा गर्नेक्रम पनि जारी रहेको छ । जिल्लामा सबैको केन्द्र विन्दु रहेको बागलुङ नगरपालिकाको सभापतिका लागि युवा नेता उमाकान्त शर्मा ‘बाबु’ले शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बागलुङ सदरमुकाम निवासी शर्माले आगामी अधिवेशनमा बागलुङ नगरपालिकाको नेतृत्व लिनका निम्ति सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

नेपाल तरुणदल बागलुङको जिल्ला नेतृत्व सम्हालेका शर्माले भातृ संगठन हुँदै पार्टीको नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताए । २०४३ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका शर्मा विद्यालय हुँदै क्याम्पस स्तरमा विभिन्न समयमा नेविसंघको नेतृत्व तहमा रहेर काम गरेका थिए । शर्मा १२ औं महाधिवेशनमा बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सचिव भएर पार्टी संगठनमा काम गरेका थिए । २०६३ सालदेखि बागलुङ उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर उद्योगी व्यवसायीको हितका लागि काम गर्दै आएका शर्मा हाल बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छन । शर्माले जिल्ला खेलकुद विकास समितिको कार्यवाहक अध्यक्ष भएर समितिलाई गतिशिल बनाएका थिए भने विभिन्न समयमा दर्जनौ संघ संस्थामा नेतृत्व सम्हाल्दै आएका हुन । कोरोना संकटको बेला आफ्नै नेतृत्वमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था र कोभिड अस्पतालमा अक्सिजन कन्सेन्टेटर सहित स्वास्थ्य सुरक्षाका सामग्री लिएर गाउँ गाउँ पुगेका थिए ।

नेपाल तरुणदल बागलुङको जिल्ला अध्यक्ष भएपछि जिल्लाका ७० भन्दा बढि वडाहरुमा तरुणदलको संगठन विस्तारमा निकै सक्रिय रहेका शर्मा सबै नेता तथा कार्यकर्ताका लोकप्रिय मानिन्छन । नगरसभापतिको उम्मेदवारी काँग्रेसको जुजारु नेतृत्व र गतिशील संगठन निर्माणका निम्ति आफ्नो उम्मेदवारी रहेको शर्माले बताए । ‘मेरो उम्मेदवारी काँग्रेसलाई गतिशील, सशक्त, जुजारु अनि पारदर्शी बनाउनका लागि हो, शर्माले भने,– ‘आउँदो निर्वाचनमा बागलुङ नगरपालिकामा काँग्रेसको नेतृत्व स्थापित गर्ने जिम्मेवारी पुरा गर्नेछु । पार्टीको नेतृत्व सम्हालेर बलियो काँग्रेस निर्माण गर्नमा म प्रतिवद्ध छु ।’

उनले आफु सभापति भएसँगै बागलुङ नगरपालिकाका १४ वटै वडामा पार्टीको कार्यालयलाई व्यवस्थित गरी जिल्ला कार्यसमितिसँग समन्वय गरी भातृ तथा सुभेच्छुक संस्था सहित टोल–टोलमा संगठनलाई गतिशील बनाउने बताए । लामो समयदेखि उद्यम व्यवसायमा संलग्न रहेका शर्माले आफ्नो अनुभवका आधारमा युवालाई उद्यमशिलतामा जोड्नका निम्ति ‘उद्यमी काँग्रेसको अभियानलाई’ सँगै जोड्ने बताए । शर्माले सामाजिक अभियान र विपदमा काँग्रेसलाई जोड्नका निम्ति ‘जनतासँग काँग्रेस अभियान’ सञ्चालन गर्ने बताएका छन । शर्माले आफ्नो नेतत्वमा तरुणदलको संगठन विस्तार गरेर समग्र पार्टीलाई नै चलयमान बनाउन मुख्य भूमिका खेलका थिए । शर्माले अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्दै सामाजिक राजनीति तथा व्यवसायिक क्षेत्रमा क्रियाशील रहँदाका अनुभवलाई समेटेर पार्टीलाई बलियो बनाउनका निम्ति सभापतिको जिम्मेवारी सम्हाल्ने निधो गरेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *