पर्वत समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण

आदर्श अनलाइन, पर्वत

पर्वत समाज कतारले क्यान्सर रोगबाट पीडित परिवारलाई नगद अन्ठाउन्न हजार छ्यानब्बे रुपैयाँ आर्थिक सहयोग गरेको छ।

शनिबार एक कार्यक्रम गरि फलेवास नगारपालिका-२ थापाठाना निवासी पर्वत समाज कतारका संस्थापक सदस्य भिम बहादुर थापाको श्रीमती राधा थापा स्तन क्यान्सर रोग बाट पीडित भै उपचारमा आर्थिक समस्या भएकोले आर्थिक सहयोग गरेको हो ।

लामो समयसम्म वैदेशिक रोजगारीका क्रममा कतारमा रहनु भएका थापाको श्रीमतीको उपचारमा ठुलो रकम खर्च भैसकेको र थप उपचारमा आर्थिक समस्या भएको भन्दै सहयोगको अपिल संस्थामा आएकोमा संस्थाका संरक्षक अजय बिश्वकर्माको संयोजकत्वमा आर्थिक संकलन गरि हस्तान्तरण गरिएको आर्थिक बिभाग प्रमुख भिमकान्त शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्वत समाज कतारका कोषाध्यक्ष महेन्द्र कुमार चालिसे, पुर्व अध्यक्ष चिन्तामणि पौडेल, पुर्व उपाध्यक्ष बिनयजङ्ग लामिछानेले लगाएतको उपस्थिति रहेको थियो । भिम बहादुर थापाले श्रीमती राधा थापा स्तन क्यान्सरको उपचारमा ठुलो रकम खर्च गरि सकेको र बाकी उपचारमा थप रकम आवश्यक पर्नेहुदा आर्थिक सहयोगको लागी अपिल गर्नुभएको छ ।

`निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत´ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *