नेकपा (एस)ले बागलुङमा बनायो अनेम संघ,क्षत्रीय अध्यक्षमा थापा

आदर्श अनलाइन,बागलुङ

नेकपा (एकीकृत समाजवादी) ले बागलुङमा महिला संगठन विस्तार गरेको छ ।

पार्टी निकट अखिल नेपाल महिला संघ बागलुङ क्षेत्र नम्बर-१ को भेला शनिवार सम्पन्न भएको छ । भेलाले अध्यक्षमा बानपाका कार्यपालि सदस्य समेत रहनुभएका सिता छन्त्याल थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पा शर्मा, सचिवमा नितु खड्का, सहसचिवमा तसलिमा खातुन र कोषाध्यक्षमा ममता थापा विसी रहनुभएको छ ।

भेलामा पूर्वउर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, नेकपा ९एकीकृत समाजवादी० बागलुङका जिल्ला संयोजक लाल बहादुर थापा, प्रदेश कमिटी सदस्य गोविन्दराज गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गण्डकी प्रदेश कमिटी सदस्य सिता शर्माको अध्यक्षतामा सम्पन्न भएको भेलामा सिता छन्त्याल थापाको स्वागत मन्तव्य र सुनिता पुरीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *