बागलुङका जेलमुक्त कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाको स्वागत

आदर्श अनलाइन,बागलुङ

राष्ट्रिय जनमोर्चा बागलुङले २०६४ सालको संविधान सभा निर्वाचनको शिलशिलामा जेल परेर मुक्त भएका कार्यकर्तालाई स्वागत गरेको छ ।

चुनावमा भएको कुटपिट मुद्दामा बागलुङ कारागार पुगेका अखिल नेपाल युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीस, जिल्ला सदस्यहरु श्री प्रसाद थापा र ओमकार श्रीस आइतबार जेल मुक्त हुनुभएको हो । संविधान दिवसको अवसरमा जेल मुक्त भएका नेता, कार्यकर्तालाई राष्ट्रिय जनमोर्चा जिल्ला सम्पर्क कार्यालय बागलुङ बजारमा एक कार्यक्रम गरी स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले २०६४ सालको निर्वाचनको सिलसिलामा लगाईएको झुट्ठा मुद्दाबाट पार्टीका नेता, कार्यकर्ताले जेल जीवन बिताउन बाध्य पारे पनि उहाँहरुको राजनैतिक आस्था झन उच्च बनेको बताउनु भयो । देश, जनता र परिवर्तनको पक्षमा लम्किरहेको यात्रा भोलिका दिनमा अझै गर्विलो हुने उल्लेख गर्दै उहाँहरुको अनुपस्थितिले पार्टी संगठनमा पुरा हुन नसकेका जिम्मेवारी अबका दिनमा पुरा हुने बताउनु भयो ।

कार्यक्रममा जेल मुक्त हुनु भएका युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीसले मन्तव्य व्यक्त गर्दै झुट्टा मुद्धा लगाएर आफुहरुलाई लामो समय दुःख र यातना दिइएको बताउनुभयो ।

अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्यहरु दिल बहादुर श्रीस, थानेश्वर सुबेदी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सचिव बिरेन्द्र थापा, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सचिव तुलबिर श्रीस, युवक संघका जिल्ला सदस्य खगेन्द्र थापा, प्रगतिशील पत्रकार संघका तारा प्रशाद शर्मा लगायत नगर तथा वडास्तरीय नेता तथा कार्यकर्ताले अबिर, फूलमाला र खाँदाले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *