एनआरएनए अध्यक्षमा आचार्यले पुनः उम्मेद्वारी दिने

आदर्श अनलाइन, बागलुङ
एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले गृह जिल्ला पर्वत पुगेर आगमी एनआरएनए निर्वाचनमा अध्यक्षको उमेद्वारी दिने घोषणा गर्नुभएको छ । गैरआवासीय नेपाली संघको आगमी दशौं महाधिवेशनमा पुन अध्यक्षमा उमेद्वारी दिने पर्वत जिल्लामा आयोजित पत्रकार सम्मेलन मार्फत घोषण गर्नुभएको छ ।

आचार्य गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । नेपालमा लगानी भित्राउन र गैरआवासीय नेपाली संघकाको संस्थागत विकास गरी नेपालमा रोजगारी सृजना गर्नका लागि आफूले पुन चुनावी मैदानमा उत्रेको बताउनुभयो । आचार्य संघका अध्यक्ष कुमार पन्तसँग पराजित हुनुभएको थियो ।

“व्यक्तिगत स्वार्थभन्दा माथी उठेर मातृभूमिको सेवा गर्नेछु” अचार्यले भन्नुभयो “नेपालमा सानो देखि ठूलो लगानी भित्राउने मेरो नेतृत्वको संघले ठूलो भूमिका खेल्नेछ, दुई वर्षे कार्यकालमा व्यक्तिगत योजना नभई संस्थागत योजना पुरा गर्दै संघको भूमिका अनुकरणीय गराउनेछु ।”

संघको संयुक्त लगानीमा नेपालमा धेरै कामहरु गर्न सकने भन्दै संस्थालाई गुटगत समस्याबाट पर हटाइनेछ भन्दै उहाँले विदेशमा रहेका नेपालीहरुको समस्याहरुको समाधानमा समेत आफूले पहल गर्ने बताउनुभयो ।

कोभिड–१९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु पर्ने अवस्थामा नेपालमानै रोजगारी सृजना गर्न विदेशमा रहेका नेपालीहरुको थोरी पूँजिलाई एकिकृत गरी ठूलो पूजीमा रुपान्तरण गरी नेपाल भित्राउने बताउनुभयो । “पर्वतमा जन्मेको मान्छे म, विगतका वर्षमा पर्वतबाटै समाजसेवा धेरै थोरै लगानी गर्दै आए” आचार्यले भन्नुभयो “मैले बोलेर भन्दा गरेर देखाउनेछु, त्यसैले आगमी नेत्ृत्वका लागि मलाई सहयोग गर्न सबै गैरआवासीय नेपालीलाई गृह जिल्लाबाट अपिल गर्दछु ।” गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका २० अक्टुबरमा तोकिएपनि सर्न सक्ने संभावना रहेको आचार्यको भनाई छ ।

घोषणा कार्यक्रममा उहाँले आफू जन्मेको गाउँ जलजला गाउँपालिका–७ धाइरिङका विस्थापित २१ घर परिवारका लागि रु.१० लाख सहयोग गर्ने घोषणा समेत गर्नुभयो । यस्तै उहाँले गुप्तेश्वर बहुमुखी क्याम्पसलाई रु. एकलाख २५ हजार रकम प्रदान गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *