बागलुङका खड्का अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्यमा मनोनित

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को केन्द्रीय कमिटीको सचिवालय सदस्यमा बागलुङका शेखर खड्का चयन हुनुभएको छ ।

अनेरास्ववियू बागलुङका अध्यक्ष समेत रहेका खड्कालाई शनिबार बसेको अनेरास्ववियू केन्द्रीय सचिवालयको पूर्ण बैंठकले सचिवालय सदस्यमा मनोनित गरेको हो । अनेरास्ववियूको प्रारम्भीक कमिटी सचिव देखि राजनीति सुरु गरेका खड्का करिब डेढ दशक देखि बागलुङ जिल्लाको विद्यार्थी आन्दोलनमा क्रियाशील हुनुहुन्छ ।

सचिवालय बैठकले अध्यक्षमा सुनिता बराल, वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा मोती विक र यमराज पाण्डे, महासचिवमा समिक बडाल र उप-महासचिवमा नरेश रोकायलाई मनोनित गरेको छ । यस्तै, अनेरास्ववियूको २३ औ. महाधिवेशन आगमी २४ देखि २६ गतेसम्म हुने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *