राष्ट्रिय युवा संघ बागलुङको संयोजक र सह-संयोजकमा घर्ती चयन

आदर्श अनलाइन , बागलुङ
नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल बागलुङको संयोजकमा रेशम बहादुर घर्ती चयन हुनुभएको छ ।
सघंको सह–संयोजकमा रमेश घर्ती चयन हुनु भएका छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकताले पूर्णता पाएसंगै बागलुङ जिल्लाको संयोजक र सह–संयोजक चयन गरिएको हो ।

केन्द्रीय कार्यदलको बैठकले राष्ट्रिय युवा संघ बागलुङको संयोजकमा चयन हुनुभएका घर्ती तत्कालिन नेकपा एमाले सम्वद्ध युवा संघ बागलुङका कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो भने सहसंयोजकमा चयन घर्ति तत्कालिन माओवादी केन्द्र सम्वद्ध (वाईसिएल) बागलुङका सचिव हुनुहुन्छ ।

गत कात्तिक १६ गते बसेको राष्ट्रिय युवा संघ नेपालकोे कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजक टुंगाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *