जैमिनीमा चट्याङले लागेर ४ जना घाइते,एकको अवस्था गम्भीर

आदर्श अनलाइन, बागलुङ

बागलुङको दक्षिण जैमिनीमा चट्याङले लागेर सोमबार राति ४ जना घाइते भएका छन् ।

जैमिनी नगरपालिका ७ बगै बस्ने वर्ष ६५ को मुम बहादुर सार्की, उहाँका भाइ वर्ष ६० को सहविर नेपाली, बुहारी वर्ष १८ कि विपना नेपाली र वर्ष ५५ का लालबहादुर नेपाली घाइते हुनुभएको छ ।

घाइते मध्ये मुमबहादुरको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि तत्काल धौलागिरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *