को-को छन् ? बागलुङ एमालेमा ८४ सदस्य मनोनीत

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले पार्टी विभाजनको असर कम भन्दा कम हुने गरी संगठन परिचालनको योजना बनाएको छ ।

भदौ ३१ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला, असोज १ गते जिल्ला कमिटिको पूर्ण वैठक र २ गते सचिवालयको वैठक बसेर एमालेले जिल्लाव्यापी अभियान सञ्चालनको तयारी गरेको छ ।

बागलुङका दशवटै पालिकामा असोज ५ गतेदेखि १२ गतेसम्म पालिका स्तरीय भेला गर्न लागेको एमालेले जनाएको छ । जिल्ला कमिटि वैठकले जिल्ला कमिटि सदस्यमा ८४ जनालाई मनोनित गरेको छ । बागलुङ नगरपालिकाबाट २८ जना, जैमिनी नगरपालिकाबाट ११ जना, काठेखोला गाउँपालिकाबाट ११ जना, बडिगाड गाउँपालिकाबाट ९ जना, गलकोट नगरपालिकाबाट ८ जना, ढोरपाटन नगरपालिकाबाट ६ जना, बरेङ गाउँपालिकाबाट ४ जना, ताराखोला गाउँपालिकाबाट ३ जना, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबाट २/२ जनालाई जिल्ला कमिटिमा मनोनित गरेको छ ।

एमालेको जिल्ला कमिटिमा निसीखोला गाउँपालिकाका भूमिराज घर्ति र लिला बहादुर बुढा, तमानखोला गाउँपालिकाबाट फारमदेवी छन्त्याल र हिरा छन्त्याल, ढोरपाटन नगरपालिकाबाट उमेश बुढा, नन्दे सुनार, खिम बहादुर घर्ति, गोकुल शेरचन, गणेश थापा र सिता कंडेललाई चयन गरिएको छ ।

बडिगाड गाउँपालिकाका गुणनीधि घिमिरे, दिनेश शर्मा, खडक पुन, पार्वती काउचा, गोम बहादुर राना, गंगा गुरुङ, दिपक रायमाझी, कमलराज आचार्य र याम बहादुर श्रीस तथा गलकोट नगरपालिकाबाट जीत बहादुर श्रीस, पदम कार्की, पूर्ण काउचा, चिन्ता नेपाली, होम बहादुर बस्नेत, रुपा वि.क, श्यामलाल वि.क र ओम सुनार चयन भएको एमालेले जनाएको छ ।

यसैगरी, ताराखोला गाउँपालिकाबाट मन बहादुर लामिछाने, धनप्रसाद बुढा र गीता घर्ती, काठेखोला गाउँपालिकाबाट गोविन्द खड्का, विद्यापति शर्मा, मनिता खड्का, याम बहादुर श्रीस, रन बहादुर थापा, हेमलाल विश्वकर्मा, युक्तप्रसाद कंडेल, हरि कुँवर, शारदा थापा (चित्रकला), थम्मन जिसी र विश्व गौतम जिल्ला कमिटि सदस्य चयन हुनु भएको छ ।

एमालेले बरेङ गाउँपालिकाबाट तिल बहादुर विक, चेत बहादुर थापा, शेर बहादुर खनाल र प्रेमप्रसाद पौडेल, जैमिनी नगरपालिकाबाट कुल बहादुर पुन, भोजराज शर्मा, टिका उचै, बेद बहादुर छन्त्याल, यमुना शर्मा, केशवराज चालिसे, विदुर पौडेल, लक्ष्मी किसान, रुद्र आचार्य, खगेन्द्र पौडेल र देवेन्द्र रेग्मीलाई जिल्ला कमिटि सदस्य चयन गरेको छ ।

बागलुङ नगरपालिकाबाट आनन्द आचार्य, एकनाथ शर्मा, गुरुदत्त पाठक, चिरञ्जिवी केसी, कुलराज शर्मा, सुनिता विश्वकर्मा, खिम बहादुर थापा, नविन किसान, प्रमिला विक, जित बहादुर क्षेत्री (राजन जिसी), बुद्ध बहादुर कार्की, खगराज पाण्डे, रुद्र केसी, कुल बहादुर कार्की, हरिप्रसाद शर्मा, डिल्लीप्रसाद सापकोटा, नेत्र विष्ट, राम बहादुर हमाल, लोकेन्द्र केसी, कुमार खड्का, दुर्गा बहादुर कुँवर, रिमा गुरुङ, कर्ण बहादुर बोहोरा, लक्ष्मी बोहोरा, ठाकुर जिसी, भुपेन्द्र खड्का, प्रकाश शर्मा र दुर्गा बहादुर सार्कीलाई जिल्ला कमिटि सदस्य चयन गरिएको एमालेले जनाएको छ ।
जिल्ला कमिटिमा चयन भएका सहित ४७ जनालाई एमालेले जिल्ला सचिवालय सदस्यको जिम्मेवारी दिएको छ ।

सचिवालयको जिम्मेवारी पाउनेहरुमा टंक प्रसाद पौडेल, रुद्र पौडेल, ऋतुवर्ण पौडेल, करमति पुन, बिर बहादुर विक, बिनाकुमारी थापा, याम बहादुर श्रीस थापा, मेहरसिंह पाइजा, ढालेन्द्र शेरचन, बसन्त थापा, डम्मर बहादुर श्रीस, बुल बहादुर केसी, यमुना राना, ऋषिराम रोका, अमर थापा, विद्यापति शर्मा, मनिता खड्का, याम बहादुर श्रीस, युक्तप्रसाद कंडेल, हरि कुँवर, टिकाराम सापकोटा, प्रेम लामिछाने रहनु भएको छ ।

यस्तै डिल बहादुर कार्की, चित्रा श्रीस छन्त्याल, दिपक गौतम, गंगा शर्मा बालकृष्ण कंडेल, खुम भण्डारी, धनिश्वर पौडेल, प्रदिप थापा, रुद्र आचार्य, खगेन्द्र पौडेल, बद्री ढुंगाना, राजु केसी, शिव सापकोटा, ध्रुव बहादुर केसी, राम बहादुर जिसी, सुजाता घमाल नेपाली, नेत्र विष्ट, नविन किसान, कोपिला खरेल, सरस्वती खड्का परियार, प्रमिला विक, खेमराज सापकोटा, हुमादेवी खड्का, रुद्र महत र पवित्रा रोकाले सचिवालय सदस्यको जिम्मेवारी पाउनु भएको छ ।

एमालेको जिल्ला कमिटि सदस्यको संख्या बढीमा १ सय ९० सदस्य सम्म बनाउन सकिने गण्डकी प्रदेश कमिटिले निर्देशन गरेको छ । मनोनित सहित १ सय ६० सदस्यीय जिल्ला कमिटि बनेको र अन्य पार्टीबाट एमालेमा आउनेहरु सहित आवश्यकताका आधारमा सदस्य थप गर्न सकिने एमाले जिल्ला सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

जिल्ला कमिटिमा सदस्य मनोनित, सचिवालयलाई पूर्णता दिदै असोज १२ गतेसम्म पालिका स्तरीय भेला सम्पन्न गर्ने र पालिका स्तरीय भेलाले वडा स्तरीय योजना निर्माण गरी असोज २५ गतेसम्म वडा भेला सम्पन्न गर्न जिल्ला कमिटि वैठकले निर्देशन गरेको छ । असोज मसान्तभित्र सदस्यता नविकरण सम्पन्न गरी कात्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका स्तरीय अधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्देशन रहेको भुषालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *