केरला जाँदै गरेका काठेखोलाका खड्का चेन्नइबाट वेपत्ता

आदर्श अनलाइन, बागलुङ
रोजगारीका लागि दक्षिण भारतको केरलातर्फ जादै गरेका बागलुङको काठेखोला गाउँपालिका वडा न.ं ७ रेशका ६१ वर्षीय चन्द्र बहादुर खड्का यात्राकै क्रममा वेपत्ता हुनु भएको छ ।

घरबाट असोज १ गते चेन्नई जान भन्दै हिडेका खड्का ३ गते बिहान गोरखपुरदेखि केरला जाने ०२५११ नम्बरको रेलमा चढ्नु भएको थियो ।

असोज ५ गते बिहान ४ बजेसम्म रेलमा देखिएका खड्का त्यसपछि सम्पर्कमा नआएको यात्रामा संगै रहेका साथीहरुले बताएका छन् । चेन्नइको सेलमदेखि कोइम्बतुरको बीचबाट खड्का वेपत्ता भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । कार्कीले प्रयोग गर्दै आएको मोवाइल, झोला लगायतका सामान रेलमै थिए, तर खड्का भने सम्पर्कमा नआएको यात्रामा रहेका साथीहरुले परिवारलाई जानकारी दिएका छन् । चेन्नइ प्रहरीले वेपत्ता खड्काको खोजी गरिरहेको छ ।

खड्कालाई खोजी गरिदिन परिवार, आफन्त र साथीभाईहरुले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतबाट आव्हान गरिएको चेन्नईबाट उहाँका छिमेकी सम्मर बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

चेन्नइको सेलम स्टेशनबाट हराएको आशंका गरेर उक्त स्टेशनको सिसी टिभिमा हेर्दा नदेखिएकोले अन्य कुनै स्टेशनमा ओर्लिएको हुन सक्ने कार्कीले जानकारी दिनुभयो ।

साविक रेश गाविस वडा नं. ९ जिरेदीका खड्का गत चैतमा घर आउनु भएको परिवारले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *