नागरिक र सरकारको दूरी नजिक बनाउछौं : मन्त्री श्रेष्ठ


–आदर्श अनलाइन, बागलुङ

बागलुङमा गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । कार्यालयको गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक समारोहका बीच आज उद्घाटन गर्नुभएको छ ।

कार्यालय उद्घाटन पछि बोल्दै मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको सामाजिक विकासमा कार्यालयले महत्वपूर्ण योगदान पु¥याउन र गण्डकी प्रदेश सरकारको औचित्य पुष्टी गर्न गण्डकी प्रदेश सरकारले प्रदेशका ११ जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्न थालेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले नागरिक र सरकारको दूरी नजिक ल्याउन सामाजिक विकास मन्त्रालयले उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । “गण्डकी प्रदेश सरकारको औचित्य के छ भन्ने कुरा सुनिन्छ, सामाजिक विकास मन्त्रालयले जनताको सुख दुख, जेष्ठ नागरिक, अपाङ्ग तथा मजदुरको पक्षमा काम गर्न कार्यालय स्थापना गरेको छ” मन्त्री श्रेष्ठले भन्नुभयो “कार्यालय स्थापना भएको ९० दिन भित्रै सकरात्मक काम देख्न पाइयोस यहाँका कर्मचारीहरुलाई यो आग्रह गर्दछु ।”

मन्त्री श्रेष्ठले कर्मचारी स्थायी सरकार भएका कारण सरकारले योजना निर्माण गर्ने र कर्मचारीले कार्यान्वयन गर्न सकेमा मात्रै सरकारको काम देखिने बताउनुभयो । पुरानो शिक्षा कार्यालयको एक भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको सामाजिक विकास कार्यालय बागलुङका कार्यालय प्रमुख डम्बर बहादुर जिसीले जानकारी दिनुभयो । कार्यालयले अपाङ्गता, जेष्ठ नागिरिक, बालवालिका लगायतको सामाजिक क्षेत्रमा काम गर्नेछ । कार्यलयमा १२ जनाको दरबन्दी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *