टिकटक बनाउँदा सेतीमा डुबेर बेपत्ता युवतीको शव फेला

आदर्श अनलाइन, तनहुँ
तनहुँमा भदौ २९ गते मंगलबार दिउँसो टिकटक बनाउने क्रममा सेती नदीमा डुबेर बेपत्ता युवतीको शव म‌गलबार आज भिमाद ७ स्थित नदी किनारमा फेला परेको छ । टिकटक बनाउने क्रममा सेती नदीमा डुबि तनहुँको शुक्लागण्डकी नगरपालिका ८ लालिम बस्ने १९ वर्षीया युवती पवित्रा लम्साल बेपत्ता भएकी थिइन् ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा लम्साल नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो । घटनाको बेला त्यहाँ लम्सालका दुई जना साथी पनि थिए ।

उनी नदीमा खसेपछि प्रहरीलाई खबर गरिएकाे थियो । नदीतर्फ जादै गर्दा लम्साललाई  साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । नदीमा खसेर बेपत्ता लम्सालको प्रहरीले खोजी गरेकाे थियाे ।

उनको शव बुधबार बिहान ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *