कांग्रेसको गाउँ र नगर अधिवेशन असोज ९ मै,अरु दसैं पछि हुने

आदर्श अनलाइन,काठमाण्डौ

नेपाली कांग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन यही असोज ९ गते गर्ने भएको छ।

वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको हो। प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

‘वडा अधिवेशन सकिएका ठाउँमा असोज ९ मा पालिका अधिवेशन हुन्छ,’ शर्माले भन्नुभयो, ‘अन्य तहको अधिवेशन निर्वाचन समितिले आवश्यकताअनुसार टुंगो गर्छ।’

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज अपरान्ह संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । वडा अधिवेशन हुन नसकेका प्रदेश नम्बर २ का आठै जिल्ला र कैलालीलगायत विभिन्न जिल्ला गरी कूल १३ जिल्लामा भने निर्वाचन समितिले कहिले अधिवेशन गर्ने भन्ने टुंगो लगाउनेछ।

क्रियाशील सदस्यता विवाद पनि असोज ९ भित्रै सक्ने प्रवक्ता शर्मा बताउनुहुन्छ। क्रियाशील विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र रमेश लेखकले टुंग्याउनु हुनेछ। यो समितिले विवाद समाधान गरेका जिल्लाको क्रियाशील सदस्यताको सूची पनि निर्वाचन समितिले सार्वजनिक गरेको छैन।

यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पौडेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *