भारतमा वेपत्ता रेशका खड्का मृत अवस्थामा फेला


आदर्श अनलाइन, बागलुङ

रोजगारीका लागि दक्षिण भारतको केरलातर्फ जाने क्रममा वेपत्ता हुनुभएको बागलुङको काठेखोला गाउँपालिका वडा ७ रेशका ६१ वर्षीय चन्द्र बहादुर खड्काको शव फेला परेको छ ।

बिहीबार चेन्नईको सेलम स्टेशनदेखि ५ किमि दक्षिणमा मृत अवस्थामा भेटिएको त्यहाँको सेलम रेल्वे प्रहरीले परिवारलाई जानकारी गराएको चेन्नईमा रोजगारीमा रहेका छोरा राम बहादुर खड्काले जानकारी दिनुभयो । प्रहरीले शुक्रबार पोष्टमार्टम गरेर सव परिवारलाई बुझाउने छ । खड्काको टाउकोमा चोट लागेको छ ।

घरबाट असोज १ गते केरला जान भन्दै हिड्नु खड्का ३ गते बिहान गोरखपुरदेखि केरला जाने ०२५११ नम्बरको रेलमा चढ्नु भएको थियो । असोज ५ गते बिहान ४ बजेसम्म रेलमा देखिएका खड्का त्यसपछि सम्पर्कमा नआएको यात्रामा संगै रहेका साथीहरुले बताएका थिए ।

खोजीका लागि चेन्नई प्रहरीलाई जानकारी गराएपछि खोजी कार्य गर्दै जादा मृत अवस्थामा उहाँ फेला पर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *