भोली मन्त्रीमण्डल फेरबदल हुँदै, आठ मन्त्री फेरिने

आदर्श अनलाइन, काठमाण्डौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भोली शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन् । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

शुक्रबार ९ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । सो बैठकले नयाँ मन्त्रीको नियुक्तिबारे निर्णय लिने बताइएको छ । यसअघि मंगलबार बसेको नेकपा सचिवालय बैठकले नै नयाँ बन्ने मन्त्रीको नामबारे टुंगो लगाउने भनिएपनि सांगठनिक विषयमात्रै टुंग्याइएको थियो

बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले विदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् । कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीको छ । विगत २० महिनामा मन्त्रीहरुले गरेको कामको आधारमा उनीहरुलाई सोही किसिमको जिम्मेवारी दिन लागेको वालुवाटार स्रोतको दावी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *