झाँगिएको गुटका कारण कांग्रेस बागलुङ नगरमा निर्वाचनको संभावना बढ्यो

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत असोज ९ गते गाउँ तथा नगर अधिवेशन हुँदै छ । नेतृत्वका लागि नेता तथा कार्यकर्ताहरु छलफल र बहसमा बेस्त देखिन्छ । बागलुङको १० वटै पालिकामा अधिवेशनको रौनक निकै बढेको छ । जिल्लाको १० वटा पालिका मध्ये केही पालिकामा सर्वसम्मत रुपमा नेतृत्व टुङ्याउने तयारी हुँदै छ भने बागलुङ नगरपालिका लगायतका केही पालिकामा भने निर्वाचननै हुने संकेत देखिन्छ ।

बागलुङ संस्थापन पक्ष र संस्थापन इतर पक्षले छुट्टाछुट्टै प्यानल नै बनाएर निर्वाचनमा होमिन थालेको पाइन्छ । बागलुङ नगरपालिकामा पनि पौडेल पक्ष र संस्थापन पक्ष बीच निर्वाचन हुने पक्का पक्की जस्तै देखिन्छ । केही समय अगाडीसम्म नेतृत्वमा आउन नचाहेका नेताहरु जिल्ला तहका नेताहरुको प्रेसरले गर्दा उम्मेद्वारी दिएको एक स्रोतले बताएको छ ।

संस्थापन पक्षबाट केही नेताहरुको नाम सभापतिका लागि चर्चामा आउँदासम्म संस्थापन इतर पक्षका नेता कार्यकर्ताहरुमा त्यो किसिमको माहोल नभएको तरपछि माथिल्लो तहका नेताले जवरजस्त नेतृत्वका लागि उम्मेद्वारी दिन लगाएपछि एकाएक उम्मेद्वारी दिन थालेको एक नेताले आदर्श अनलाइनलाई बताए ।

वडा अधिवेशनसम्म सर्वसम्मतबाटै बागलुङ नगरमा नेतृत्व चयन गर्ने चर्चा चलेको थियो तर पछि संस्थापन र संस्थापन इतर पक्षबाटै एकाएक सामाजिक सञ्जालमा उम्मेद्वारी दिएको घोषणा हुन थालेको थियो । दुबै पक्षबाट सामाजिक सञ्जालमा उम्मेद्वारी दिने तँछाडमछाड हुन थालेपछि शनिबार हुने नगर अधिवेशनमा दुई समूहको कडा प्रतिस्पर्दा हुने निश्चित देखिन्छ ।

दुबै समूहले आ–आफ्नो प्यानल बनाएर चुनावी रणनीति बनाई रहेका छन् । कांग्रेस बागलुङ नगरको नेतृत्वका लागि संस्थापन पक्षबाट कर्णबहादुर हमालको नेतृत्व र संस्थापन इतर पक्षबात उमाकान्त शर्मा ‘बाबु’को नेतृत्वमा प्यानल तयार भएको छ ।

संस्थापन पक्षले सबै पदाधिकारीहरु टुङ्गो लगाई सकेको छ । जसको उप–सभापतिमा निरबहादुर थापा र नारायण प्रसाद पौडेल, सचिवमा मिनबहादुर केसी ‘मिलन’ र अर्जुन घिमिरे, सह–सचिवमा विदेशकुमार श्रेष्ठ र कमल बोहरा रहेका छन् ।

त्यस्तै संस्थापन इतर पक्षले दुई जना पदाधिकारीको नाम अझै टुङ्याउन सकेको छैन । यसको लागि आज राति बैठक बसेर सबैको नाम टुङ्गो लगाउने एक नेताले बताए । संस्थापन इतर पक्षले एक जना उप–सभापति र एक जना सह–सचिवको टुङ्गो लगाउन सकेको छैन । हालसम्म यो पक्षले सभापति, उपसभापति एक जना, सचिव र एक सह–सचिवको नाम टुङ्याएको छ ।

हालसम्म उप–सभापतिमा प्रदीप गौतम, सचिव–आशिक राजभण्डारी, कृष्ण शर्मा र सह–सचिव सञ्जय पौडेलको नाम टुङ्गो लगाएको छ । बागलुङ कांग्रेसलाई गुट, उप–गुटले गाँजेको छ । जिल्ला तहमा त गुट उप–गुट चलेकै थियो । तिनै जिल्ला तहका नेताले अहिले स्थानीय स्तरसम्म गुट मौलाएका छन् । यसले गर्दा कार्यकर्ताहरुमा एक अर्का बीच द्वन्द्व सिर्जना गराएको छ ।

जिल्लामा धेरै पहिलेदेखि गुट मौलाए पनि स्थानीय स्तरसम्म यसको प्रभाव परेको थिएन । तर पछिल्लो समय नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि गाउँ, नगर र वडा–वडामा गुट उपगुट बनाएको एक नेताले बताए । उनले जिल्ला तहकै बहालवाला नेतकै कारण कांग्रेस भित्र द्वन्द्व सिर्जना भएको बताए ।

गुटकै कारण बागलुङमा कांग्रेस कमजोर बन्दै गएको उनको भनाई छ । उनले केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि गाउँ तहसम्म गुट बनाई रहेको आरोप लगाए ।

संस्थापन इतर पक्षका सपभातिका दाबेदार उमाकान्त शर्मा ‘बाबु’ले सहमतिमा नेतृत्व चयनको संभावना नभएको बताए । उनले शनिबारसम्म समय रहेको भन्दै माथिल्लो तहका नेताहरुले केही संभावना खोजे सहमति हुन सक्ने तर आफूहरुको स्तरबाट सहमति नभएको बताए ।

‘हाम्रो स्तरबाट सहमतिको संभावना छैन, समय भोलीसम्म छ, माथिल्लो तहका नेताले केही छलफल गरि सहमति जुटाए जुटाउनु होला,’ शर्माले भन्नुभयो ‘सभापतिको मात्रै होइन, अरुको पनि सहमति हुनु प¥यो ।’

संस्थापन पक्षका सभापतिका उम्मेद्वार कर्णबहादुर हमालले अहिलेका अवस्थामा नेतृत्वका लागि सहमतिको संभावन न्यून रहेको बताए । हमालले दुबै समूह बसेर छलफल गरि पार्टीको अन्य पदमा सभापतिको प्रत्यासीहरुलाई व्यवस्थापन गर्न सके मात्रै सर्वसहमतीमा नेतृत्व चयन गर्न सकिने उनको भनाई छ ।

‘मैले अहिलेको अवस्थालाई हेर्दा सर्वसहमतिमा नेतृत्व चयनको संभावना देख्दैन, तर संभावना नहुने पनि होइन, सबै साथीहरुलाई पार्टीको विभिन्न तहमा व्यवस्थापन गर्न सकियो भने मात्रै संभव होला नत्र गाह्रै छ ’ उनले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *