आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङले पूर्णतमा पाएको छ । शनिबार बागलुङ जिल्ला सदरमुकाममा आयोजित जिल्ला भेलाबाट लाल बहादुर थापाको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटि चयन भएको छ ।
नेकपा एमाले फूटेपछि निर्माण भएको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पूरी, उप–सचिव चक्र थापा चयन हुनुभएको छ । कार्यसमितिको महिला उपाध्यक्ष सहित केही पद भने पहिलो जिल्ला कमिटि बैठकलले पूर्णता दिने समाजवादी बागलुङले जनाएको छ ।
सदस्यहरुमा जीवन आचार्य, याम बहादुर श्रीस, हरी बहादुर घर्ती, सीता थापा छन्त्याल, बल बहादुर नेपाली, इन्द्र बहादुर थापा, श्याम पुन, शालिकराम शर्मा, पार्वती सापकोटा, होमनाथ सापकोटा, खगेन्द्र शर्मा, नारायण पौडेल, प्रेम थापा, निञ्जन विक, काजीमान श्रीस, सकस श्रीस, तुल कुमारी शर्मा, पुष्पा शर्मा, चिन्तामणी जैसी, सुरज बोसेल, लाल बहादुर केसी, प्रदिप जिसी, भूमिराज शर्मा, फरिन्द्र खड्का, डोलेन्द्रराज शर्मा, राम प्रसाद शर्मा, प्रदिप आचार्य, हरी प्रसाद सापकोटा, रमजान खान, देवकला सापकोटा, रामराजा गौतम रहनुभएको छ ।

यस्तै सुरेन्द्र खड्का, खजराज शर्मा, नितु खड्का, बेद प्रसाद शर्मा, दिपक पुन, कमल कार्की, चन्द्रकला थापा, याम बहादुर श्रीस, आशिष थापा, नर बहादुर बिक, नविन थापा, याम बहादुर थापा, चक्र बहादुर गुरुङ, राजेश सापकोटा, एकनाथ शर्मा, नारायण रोका, इन्द् बहादुर छन्त्याल, जमुना श्रीस र सञ्जिव थापा रहनुभएको छ ।
जिल्ला भेलालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । उहाँले एमाले अध्यक्ष केपी ओलीका एक दर्जन बढी निर्णय असंवैधानिक अदालतले ठहर गरेपछि नयाँ पार्टीको जन्म भएको बताउनुभयो ।