निसीखोला कांग्रेसको सभापतिमा सूर्यबहादुर घर्ती

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकाको सभापतिमा सूर्यबहादुर घर्ती सर्वसम्मत रुपमा चयन हुनु भएको छ । घर्ती निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत हुनुहुन्छ ।

दुई जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । सभापतिमा आकांक्षा राख्नेमा निसीखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल हुनुहुन्थ्यो । मल्लले घर्तीलाई साथ दिएपछि सभापतिमा घर्ती चयन हुनु भएको निर्वाचन अधिकृत प्रेमबहादुर रोकाले जानकारी दिनुभयो ।

नवनिर्वाचित घर्ती २०४६ सालदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । सभापतिमा सर्वसम्मत रुपमा चयन भए पनि अन्य पदाधिकारीका लागि भने सहमति जुटाउने प्रयास भई रहेको रोकाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *