कांग्रेस निसीखोलामा सर्वसम्मतिमा नेतृत्व चयन

आदर्श अनलाइन,बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकामा सर्वसम्मत रुपमा सूर्यबहादुर घर्तीको नेतृत्वमा चयन भएको छ ।

सभापतिमा सूर्यबहादुर घर्ती, उपसभापतिमा लिलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमन बुढा, धनबहादुर टखत्री र सह–सचिव मिलन कामी र केरबहादुर विक चयन हुनु भएको निर्वाचन अधिकृत प्रेमबहादुर रोकाले जानकारी दिनुभयो ।

घर्तीसहित दुई जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । सभापतिमा आकांक्षा राख्नेमा निसीखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल हुनुहुन्थ्यो । मल्लले घर्तीलाई साथ दिएपछि सभापतिमा घर्ती चयन हुनु भएको हो ।

जिल्लाका १० वटा पालिकामा मध्ये ९ सर्वसहमतिको प्रयास जारी रहे पनि अधिकांश पालिकामा चुनाव हुने संकेत देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *