विभेद अन्त्यका लागि राजनीतिमा सक्रिय बनौ : एमाले नेता शर्मा

आदर्श अनलाइन, म्याग्दी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेश सदस्य तथा पूर्व सांसद नवराज शर्माले उत्पीडित समुदायका जनताको समग्र उत्थानका लागि आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रियता आवश्यक रहेको बताउनु भएको छ ।

नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दी जिल्ला सम्मेलन आयोजक कमिटिले शुक्रवार धौलागिरी गाउँपालिका–७ ताकममा आयोजना गरेको पालिका स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै शर्माले यस्तो बताउनु भएको हो ।

समाजमा विद्यमान छुवाछुतदेखि उत्पीडनमा परेका जनतालाई आर्थिक रुपमा सक्षम बनाउदै सामाजिक रुपान्तरण र राजनीतिक नेतृत्वमा सक्रिय बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपालको संविधानले उत्पीडित समुदायको प्रतिनिधित्वको व्यवस्था गरेको छ, प्रतिनिधित्व मात्रै होइन, उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने अभियानसंगै राजनीतिक रुपमा संगठित गर्न जरुरी रहेको छ, नेता शर्माले भन्नुभयो–‘कानुनमा व्यवस्था भएर मात्रै समाज रुपान्तरण हुदैन, त्यसका लागि प्रभावकारी कायान्वयनमा जोड दिनुपर्छ ।’

कार्यक्रममा अखिल नेपाल महिला संघ म्याग्दीका अध्यक्ष तथा धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज पुस्कर विक, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, उत्पीडित जातिय मुक्ति समाज म्याग्दीका पूर्व अध्यक्ष बल बहादुर वि.क, धौलागिरी गाउँपालिका वडा नं. २ का अध्यक्ष गम प्रसाद विक, ७ का अध्यक्ष कलानिधी सुवेदी, सम्मेलन आयोजक कमिटिका सदस्य कुमार थापा किसान, मजदुर संगठनका केन्द्रीय सदस्य देवी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दी जिल्ला सम्मेलन आयोजक समितिका अध्यक्ष तथा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य राजु हर्मेल र सञ्चालन राष्ट्रिय युवा संघका जिल्ला सदस्य कुमार किसानले गर्नु भएको थियो ।
भेलाले राजुु हर्मेलको अध्यक्षतामा ३५ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाज धौलागिरी गाउँपालिका कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा राम प्रसाद विश्वकर्मा, सचिवमा अक प्रसाद विक, सहसचिवमा लाल बहादुर सिर्पाली र कोषाध्यक्षमा बालकुमारी सुनार चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *