पहिरोमा परिवारका ५ सदस्य गुमाएका शर्मालाई आर्थिक सहयोग

आदर्श अनलाइन, पर्वत
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । पर्वत दुर्लुङ्गका राम प्रसाद शर्मालाई कतारमासंगै काम गर्ने साथीहरूले २ लाख बढी नगद सहयोग प्रदान गरेका छन्।

गत भदाै १७ गते पहिरोमा पुरिएर शर्माको आमा, श्रीमति, २ छोरी र १ छोराको ज्यान गएको थियो । शर्मालाई कतारको सतर अब्बास होटलमासंगै काम गर्ने साथीहरूले संकलन गरेको २ लाख २७ हजार आइतबार सहकर्मी चिरञ्जीवी पौडेल र पर्वत समाज कतारका आर्थिक बिभाग संयोजक भिमकान्त शर्माले हस्तान्तरण गर्नुभएको हो ।

१५ वर्षदेखि संगै काम गर्ने सहकर्मी साथीको पीडामा थोरै भए पनि सहयोग पुगोस भनी आफुहरुले आर्थिक संकलन गरेको कतारबाट सहकर्मी कृष्ण श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *