कांग्रेस जैमिनीकाे सभापतिमा सापकोटा विजयी

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस जैमिनी नगरपालिका सभापतिमा प्रेम सापकोटा विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी काशिराम आचार्यलाई ३० मतलेपछि पार्दै सापकोटा विजयी हुनु भएको हो।

२ सय ७१ मतदाता मध्ये २ सय ६६ मत खसेको र आचार्यले १ सय १६ मत प्राप्त गर्दा सापकोटाले १४६ मत प्राप्त गर्नु भएको थियो ।

उप–सभापतिमा विमल श्रीस र ओमबहादुर केसी, सचिवमा बमबहादुर क्षेत्री र शिवकुमार श्रीस र सह सचिवमा दीपक सुवेदी र विमल आचार्य विजयी भएका छन् ।

उपसभापतिका उम्मेदवार ओमबहादुर केसीले १७२, किरण शर्माले १ सय १६ र विमल श्रीसले २ सय ६ मत प्राप्त गर्नु भएको थियो । नगर सचिव पदका उम्मेदवार बमबहादुर क्षेत्रीले २ सय मत, नारायण अधिकारीले ९५ मत र शिवकुमार श्रीसले १ सय ९१ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

सह सचिवमा ईश्वरीप्रसाद चापागाईँले ७१, डिल्लीराज पौडेलले ६०, दीपक सुवेदीले १ सय ८७ र विमल आचार्यले १ सय ७० मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *