बागलुङ नगरमा एक उपसभापति बाहेक पौडेल पक्षको प्यानल नै विजयी

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङ नगरमा एक उपसभापति बाहेक रामचन्द्र पौडेल पक्षको प्यानलनै विजयी भएको छ । सभापतिमा संस्थापन पक्षबाट कर्णबहादुर हमाल र पौडेल पक्षबाट उमाकान्त शर्मा ‘बाबु’ ले उम्मेद्वारी दिनु भएको थियो ।

शर्माले हमाललाई ५२ मतान्तरले पराजित गर्नु भएको छ । संस्थापन पक्षबाट नारायण पौडेल उपसभापतिमा निर्वाचित हुनु भएको छ भने अन्य सबै पौडेल पक्षका विजयी हुनु भएको छ ।

उपसभापतिमा संस्थापन पक्षका पौडेलले इतर पक्षका कुलपसाद पाध्यायलाई ३१ मतान्तरले पराजय गर्नु भएको छ । पौडेलले २०१ मत प्राप्त गर्नु भएको छ भने पाध्यायले १७० मत प्राप्त गर्नु भएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *