सापु के हो ? यो रोगबाट कसरी बच्ने ?

गणेश महतो
नेत्र साहयक

अहिले सापु रोगका कारणले मानिसहरुको आँख धेरै जाखिमा परेको छ । सापु रोगले गर्दा धेरै बालबच्चाले आफ्नो आँखाको ज्योती गुमाउनु परेको अवस्था छ । यो रोग सन १९७५ सालमा पहिलो पटक नेपालमा पत्ता लगाएर सापु नाम दिईएको हो । यो रोग सेतो पुतलीको कारणले लाग्दछ । यसको पत्ता लगाउने प्रोफेसर डाक्टर मदन प्रसाद उपाद्यायले प्रत्ता लगाउनु भएको हो । यो सापु रोग विशेष गरेर नेपालमा मात्र देखा परेको र नेपालमा पनि मध्यपहाडी क्षेत्रमा यो रोग देखा परेको हो । विशेषत गण्डकी प्रदेशको बागलुङ, म्याग्दी, पर्वत, लम्जुङ, गार्खा र तनाहुमा बढी मात्रमा देखा परेको छ । सापु रोग आँखामा सोतो पुतलीको धुलो परेमा लाग्ने रोग हो ।

यो रोग सिजनल रोग हो । यो रोग १ वर्षको ग्यापमा आउने रोग भनिएको छ । यो रोग अंग्रेजी मिति अनुसार बिजोड वर्षमा देखा परेको पाईएको छ । विशेषत अंग्रेजी महिनाको मनसुन मौसमको अगस्ट, सेप्टेम्बर र जाडो मौसमको नभेम्बर, डिसेम्बरमा बढी देखिएको छ । यो रोग लागेमा अति छिटो आँखामा असर गर्दछ । यो विशेष गरेर बाल बच्चाहरुमा बढी देखा परेको रोग हो । यो मानिसको एक वटा आँखामा मात्र देखिएको छ । ४५ वर्षको इतिहासलाई हेर्ने हो भने यो रोगले गर्दा ५५ हजार मानिसहरुले आफ्नो आँखाको ज्वती गुमाईसकेका छन् ।

यो रोग निकै अनौठो मानिएको छ । यो सापु रोग नेपालमा मात्र छ । नपालको पनि मध्यपहाडी क्षेत्रमा र यो रोग मानिसको एक वटा आँखामा मात्र लाग्दछ । यो रोग बिजोड वर्षमा मात्र देखा परेको पाईएको छ । यसको जवाफ अहिले सम्म कसैले पत्ता लगाउन सकिरहेको छैन् । त्यसकारणले मानिसहरु सगज हुन आवश्यक छ । यो रोगले बालबच्चाको आँखाको ज्योती गुम्न समय लाग्दैन् ।
सापु रोग लागेमा सामान्य तयमा पनि एकासी एक वटा अाँखा रातो हुने गर्दछ । आँखाले उज्यालोमा हेर्न नमिल्ने र आँखामा चिर्पा नलाग्ने हुन्छ । यो रोग लागेमा आँखाको दृष्टी तत्कालनै कम हुदै जाने र दुई तिन दिनमा केही पनि नदेख्ने हुन्छ । आँखाको कालो नानी भित्र सेतो पिप भरिएको जस्तो देखिने समस्या देखा पर्दछ । त्यसकारणले आफ्नो बाल बच्चा र परिवारको सदस्यमा यसको लक्षेण देखा परेमा तुरुन्तै आँखाको उपचार गर्नु पर्ने हुन्छ । यो रोगले २४ घण्टामै मानिसको आँखाको ज्योती गुमाई दिन्छ ।

यो रोग बाट बच्नका लागी विशेष ध्यान दिनुपर्दछ । आफ्नो बाल बच्चालाई सेतो पुतलीको विषयमा जनाकारी दिने र उनीहरुलाई जहाँ पायो त्यहा छुन हुदैन र छोएको खण्डामा साबुन पानीले राम्रो संग हात धुनका लागी पटक पटक सजग गराउनु पर्दछ । अहिले गण्डकी प्रदेशमा यो सेतो पुतली फैलिसकेको छ । यसबाट बच्नका लागी साझमा आफ्नो घरको बाहिरका बत्तीहरु नबाल्ने, साझ हँुदा साथ झयाल ढोका बन्द गर्न, पुतलीलाई घर भित्र पस्न नदिने । सुत्ने बेलामो झुलको अनिवार्य प्रयोग गर्ने र बत्ती निभाएर मात्र सुत्नु पर्दछ । सेतो पुतली घर वरा परा देखेमा त्यसबाट बच्नका लागी पुतलीको नजिक जानु हुदैन् र त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर सर्तकता अपनाउने गर्नु पर्दछ । राती बिजुली बाल्दा रातो बत्तको प्रयोग गर्नुपर्दछ । सेतो बत्तीमा यो पुतली बढी आउने गर्दछ । सेतो पुतली आफ्नो घर वरीपरी, कोठामा मरेको देख्न सकिन्छ । केही एतीकै बत्तीको वरी परि बसेका पनि हुन्छन् ।

तिनलाई व्यवस्थापन गर्द आफ्नो हातमा पुतलीको धुलो हातमा रहन सक्दछ त्यसले गर्दा आँखामा गएमा समस्या निम्ताउदछ । त्यसकारणले हात साबुन पानीले राम्रो संग धुनु पर्दछ ।
यो सेतो पुतलीलाई सामान्य सोच्दा बालबच्चाको जिवन अन्धकार हुन सक्दछ । त्यसकारणले सेतो पुतलीबाट सर्तकता अपनाउनु अतिनै आवश्यक छ । यदी आफ्नो बाल बच्चालाई यस्ता खालका समस्या देखा परेमा तुरुन्तै आँखा अस्पताल ल्याउनु पर्दछ । आफ्नो आखामा सेतो पुतलीको धुलो पसेको संका लागेमा सफा चिसो पानीले ५ पटक सम्म आँखा पानीले सफा गर्नुपदछ र जुन समयमा भएता पनि आँखाको डाक्टरलाई छिटो भन्दा छिटो देखाउनु पर्ने हुन्छ । यसको समयमा उपचार हुन सकेन भने मानिसको आँखाको ज्वती समेत गुम्दछ । अहिले सम्ममा बागलुमा ८ जना बालबालिकालाई सापु रोग लागेको छ । ति मध्य २ जनाले आफ्नो आँखाको ज्वती गुमाई सक्एका छन् ।

त्यसकारणले सेतो पुलतीबाट आफु र आफ्नो परिवारलाई टाढै राखौ । सुरक्षा अपनाउदा अपनाउदै पनि सापु रोग लागेमा ढिला नगरी आँखाको डाक्टरकोमा छिटो भन्दा छिटो गई आँखाको उपचार गराउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *