जनगणना, जनशक्ति र राज्यको भूमिका

कृषिता अधिकारी (निशा)
यतिबेला हाम्रो समाज तथा नेपाल अधिराज्य भरीनै राष्ट्रव्यापी महाअभियान शुरु भैइसकेको छ । हामी आम नागरिकहरुले राज्यको यो महत्वपूर्ण अभियानमा आ–आफ्नो गाउँ टोल, समाज तथा देशैभरि फैलिरहेका नागरिकहरुले राज्यलाई सघाउने काम गरिरहेका छौ । राष्ट्रिय जनगणना २०७८ सफल पार्नको लागि राज्य तथा माथिल्लो निकाय र आम नागरिकले पनि आफ्नो तर्फबाट भुमिका निभाइरहेको अवस्था छ यतिबेला रेडियो, टेलिभिजन, पत्रपत्रिका, फेसबुक, इन्टरनेट माध्यमबाट प्रचारप्रसार तथा सन्देश दिइरहेको छ । त्यसैगरी जनगणनाको लागि सरकारले विज्ञापन खुलाएर अस्ताइ कर्मचारीलाई नियुक्ती गरि सात दिने तालिम पश्चात् जनताको घरदैलोमा कर्मचारी खटाइ घर तथा घरपरिवारको सूचिकरण फारम मार्फत घर र घरसम्बन्धि विवरण, परिवारबाट अक्सर बसोबास गरेका परिवार सदस्य संख्या र परिवारको कृषि सम्बन्धि विवरण, परिवारबाट सरकारि अनुदानमा आवासिय घर निर्माण, परिवारका सदस्यको बैंक खाता, प्राविधिक तथा व्यवसायिक सीप, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सम्बन्धि विवरणहरु संकलन गरिन्छ ।

त्यस्तै दोस्रो चरणमा गणकहरुद्वारा प्रत्येक घरपरिवारमा पुगि मुख्य फाराम मार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरणहरु संकलन गर्दछन घर तथा घरपरिवार सूचिकरण फाराम वि.सं. २०७८ बैशाख २६ देखि जेष्ठ सम्म २० दिन र मुख्य फाराम पन्ध्र दिन भरिन्छ । जसमा गणकहरुले सुपरिवेक्षकबाट गणकले स्थलगत तथ्यांक संकलन कार्यको सुक्ष्म सुपरिवेक्षण गर्ने र सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरिय सामुदायिक प्रश्नावली मार्फत आधारभूत स्रोत, साधन, पूर्वाधार र विपद् सम्बन्धि विवतरणहरु संकलन गरिन्छ तर विश्व महामारी कारण करिब दुई महिना सम्म स्थगित भएको राष्ट्रिय जनगणना यहि भाद्र ३० गते देखि शुरु भएको छ ।

यतिबेला सबै कर्मचारीहरुले आफ्नो जिम्मेवारी बहन गर्दै जनताको घरदैलोमा सूचिकरण फाराम भर्ने प्रकृया जारी छ, यसैत्रमा कतिपय आम नागरिकहरु जनगणना बारे अनविज्ञ हुनुहुन्छ वास्तवमा के हो त जनगणना कहिले स्थापना भयो किन मान्छेको संख्या गनिन्छ होला यी सबै कुराहरु हामी देशको नागरिक भएकोले बुझ्नु जरुरी छ । राष्ट्रव्यापी महाअभियानमा म आफै पनि सहभागी भएको र आफुले सिकेका र यसबारे बुझेका भोगेका अनुभव साट्न र आफ्ना विचार समेत प्रकट गर्ने एउटा महत्वपूर्ण अवसर हामी सबै सबैको लागि हो वास्तवमा यसको पृष्ठभूमि हेर्दा नेपालमा वि.सं.१९६८ सालदेखि जनगणना गर्ने काम शुरु भएको हो र पछि यसलाई निरन्तरता दिने उद्देश्यले प्रत्येक १०/१० वर्षको अन्तरमा सञ्चालन हुँदै आइरहेको छ । यसको मुल उद्देश्यले सामान्यतया मालिक, कमारा कमारि बाँधाको शुचि तयार गर्ने रहेको थियो तर वि.सं. २०१५ सालमा केन्द्रीय तथ्यांक विभागको स्थापना भए लगत्तै जनगणना विभागले सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी वि.सं .२०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौं र नेपाल संविधान पछिको पहिलो जनगणना हो जसमा नेपाल अधिराज्य भरी अक्सर बसोबास गरेका सबै आम नागरिकको घरदैलोमा गणकहरु एकै समयमा पुगि निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरुको जनसांख्यिक, सामाजिक तथा आर्थिक सम्पूर्ण विवरणहरु संकलन गर्ने प्रक्रिया लाई नै जनगणना भनिन्छ । जसमा जनगणनाबाट संकलन भएका तथ्यांक देशको सामाजिक तथा आर्थिक विकासका लागि योजना, तर्जुमा, अध्ययन, अनुसन्धान गर्न अति महत्वपूर्ण विषय पनि हो किनकि यसबाट आम नागरिकले आफ्नो हक अधिकार र राज्यबाट प्राप्त गर्ने सेवा सुविधा र लैङ्गिक समानताको मूलप्रवाहिकरण अन्तर्गत महिलाको नाममा भएका सम्पत्ति, महिलाका काम, विस्तारित आर्थिक काम लगायतका महत्वपूर्ण पक्षलाई विशेष रुपमा ध्यान दिने गर्दछ । जसमा विभिन्न जातजाति, भाषा, धर्मल, लंङ्गिक समानता तथा सामाजिक समावेशी बनाउन, दिगो विकास लक्ष्यका सूचकहरुलाई ध्यानमा राख्दै विभिन्न जिल्ला स्थानीय तहहरु गाउँ तथा नगरपालिका तथा प्रदेश स्तरिय तथ्यांक उपलब्ध हुने गरि विवरण संकलन गरिन्छ ।

यसको मुल उद्देश भनेको नागरिकको हितको लागि विभिन्न आवधिक योजनाहरु लोक कल्याणकारी कार्यक्रम तर्जमा गरि त्यसको अनुगमन तथा मुल्यांकन आदि रहेको छ अर्कोतिर संघीय र प्रदेश निर्वाचन क्षेत्रको संख्या निर्धारण गर्ने कार्यमा जनगणनाको तथ्यांक प्रयोग गरि संविधानमा व्यवस्था भएको मौलिक हक लगायतका हकहरुको कार्यान्वयन गर्न र त्यसको मुल्यांकन गर्नेको लागि महिलाको हक, दलितको हक, सामाजिक न्यायको हक, आवासको हक, बालबालिकाको हक बृद्धबृद्धा, अपांगता भएका व्यक्ति पीछडिएका व्यक्ति धार्मिक अल्पसंख्यक तथा तथा सामाजिक मूल प्रवाहिमा नपरेका व्यक्ति र समुदाय लगायतका विभिन्न व्यक्तिहरुको सम्पूर्ण विवरण जनगणनाबाट उपलब्ध हुन्छ र यसैको आधारमा राज्यले मानिसको जनसंख्या निकाल्ने गर्दछ भने सोहि अनुसार नेपालमा कति संख्या गरिविको रेखामुनि परे त कति जनसंख्या कृषि प्रयोजनमा सहभागी भए र कति जनसंख्या शिक्षा, स्वास्थ्य, रोजगारी छन् भने सम्पूर्ण कुराहरु तथ्यांक मार्फत सम्पूर्ण विवरण निकाल्न सकिन्छ ।

तसर्थ, जनगणनाले निश्चित समय वा देशभित्र छरिएर रहेका सम्पूर्ण घर, परिवार तथा व्यक्तिहरुको बारेमा सत्य तथ्य जानकारी संगालेर सोहि तथ्यांक अनुसार नै सरकारले नीति नियम, योजना तर्जुमा गरि नेपालमा कति जनसंख्या छन् त्यसमाथि कति विपन्न तथा सम्पन्न परिवार छन भन्ने निष्कर्ष निकाल्दछ र त्यसैअनुरूप नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दछन जसले गर्दा आम नागरिकलाई राज्यबाट सेवा सुविधा मिल्दछ त्यसैले पनि हामी आम नागरिकले राज्यलाई सहयोग गरि आफ्नो दायित्व पूरा गर्नुपर्छ जनगणनाको सन्दर्भमा खटिएका कर्मचारीलाई उचित सम्मान व्यवहार र सत्य तथ्य जानकारी गराउनुपर्दछ तर कतिपय आम नागरिकको बुझाइ के छ भने जनगणना गर्ने भनेको चुनावको लागि हो त्यसैले पनि जब हामी जनताको घरदैलोमा पुग्छौं उहाँहरुले भन्नुहुन्छ चुनावको लागि हो हामी गाउँमा भोट हाल्छौ हाम्रो नाम नलेख अर्कोतिर कतिपय अवस्थामा त किन चाहियो नाम, किन दिने तिमिलाइ विवरण जस्ता नकारात्मक कृयाकलापहरु पनि गर्ने गर्नुहुन्छ तर त्यसो होइन जनगणनाले मान्छेको संख्या परिवारमा कति बस्छ, नेपालमा कति प्रतिशत व्यक्तिहरुले कृषि पेशामा सयका संम्लग्न छन् ।

त कति प्रतिशत व्यक्ति सम्पन्न छन् कति प्रतिशत व्यक्ति गाउँ बाट शहर बसाइँसराइ गरे त भन्ने तथ्यांक निकाल्नु नै जनगणना हो । त्यसैले राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सम्पूर्ण आम नागरिकले पनि महत्वपूर्ण भूमिका निर्वाह गरौ र सत्य तथ्य जानकारी उपलब्ध बनाइ जनगणनामा सहभागी हुने कर्मचारीलाई कुनै पनि किसिमको अवरोध सृजना हुने काम नगरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *