ढोरपाटन-५ मा एमालेकाे टाेल समिति गठन

हेम विश्वकर्मा, बुर्तिबाङ

नेकपा एमाले ढोरपाटन नगरपालिका कमिटिले टोलेटोलमा समिति गठन गन थालेको छ । सो कार्यक्रम अन्तरगत सोमबार वडा नम्बर ५ को टोल भेला सम्पन्न भएको छ । जसमा ८ वटा टोल कमिति गठन गरिएको छ । जयलाल विकको अध्यक्षतामा लामाचौर नौबिसे टोल कमिटी गठन गरिएको छ ।

त्यस्तै दल बहादुर सिर्पालीको अध्यक्षतामा बाहुन गाउँ टोल कमिटी गठन गरिएको छ । सोही स्थानमा राजेन्द्र बिकको अध्यक्षतामा युवासंघ टोल कमिटी, हिमा घिमिरेको अध्यक्षतामा अखिल नेपाल महिला संघ, र कर बहादुर पुनको अध्यक्षतामा अखिल नेपाल किसान महासंघको पनि गठन गरिएको छ । यस्तै देविराम सापकोटाको अध्यक्षतामा सहीखोला टोल कमिटी, कोपिल पुनको अध्यक्षतामा प्याङखोला टोल कमिटी, ढाल बहादुर घर्तिको अध्यक्षतामा अधिकारीचौर टोल कमिटी गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले बाग्लुङ जिल्ला कमिटी सचिवालय सदस्य एबमं ढोरपाटन नगर कमिटी अध्यक्ष लक्ष्मण पुन नेकपा एमालेमा केही बिग्रह आएपनि एमाले नै मुलुकको पहिलो शत्ती भएको दाबी गर्नुभयो । पुनले आगामी निर्वाचनमा पनि जनताले सुर्य चिन्हमा अत्याधिक मत दिने आशा ब्यतm गर्नुभयो । पार्टी संगठन सुदृढीकरण गर्दै अगाडी बढिरहेका बेलामा टोल कमीटीहरु बलिया हुनुपर्छ, उहाँले भन्नुभयो, घरको जग बलियो भएमात्रै पार्टी बलियो हुन्छ, टोल कमिटीहरु घरको जग हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य एबमं ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमति पुनले तल्लो तहबाटै एकजुट भएर पार्टीलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा न ५ का वडा सदस्य इन्द्र बहादुर घर्र्ती मगर, युवा संघ नेपाल बाग्लुङका जिल्ला कमिटी उपाध्यक्ष शिवराज कंडेल लगाएतले बोल्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *