पिस फोर्सको काठमाडौँमा विशेष भेला

आदर्श अनलाइन, काठमाडौँ
तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको भातृ संगठन पिस फोर्सको विशेष भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १०१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको छ ।

रामेछापका रबिन्द्र चौलागाईं अध्यक्ष रहेका पिस फोर्समा बरिष्ट उपाध्यक्ष योगेन्द्र वाग्ले (गोर्खा), उपाध्यक्ष दिपेन्द्र साह (धनुषा), रोशनी खनाल (रूपन्देही) महासचिव नोइन्द्र खतिवडा (सर्लाही), सचिव राम कुमार मैनाली (रामेछाप), कोषाध्यक्ष सरिता पौडेल (झापा), लगायत १०१ जनाको केन्द्रिय कार्य समितिको घोषणा गरेको छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण युवाशक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो । नेता ढकालले पटकपटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तीव्रता दिनु पर्ने उल्लेख गर्नु भयो ।

संविधान सभाका सभासद समेत रहेका ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवश्यक रहेको बताउनुभयो ।

देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिनुभयो ।

दलका प्रवक्ता सन्तोषकुमार पौडेलले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए । पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताउनुभयो ।

संविधान सभा सदस्य मिलन कुमारी राजवंशीले महिला सशक्तिकरण र सम्पूर्ण बर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिनुभयो । दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेतीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताउनुभयो ।
दलका बागमती प्रदेश संयोजक गणेश कुमार श्रेष्ठ, पिस फोर्सका अध्यक्ष रबिन्द्र चौलागाई लगाएतले बोलेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *