गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समितिको भेला पोखरामा


–आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरारका भौतिक, पुर्वाधार यातयात तथा शहरी विकास मन्त्री कुमार खड्काले गण्डकी प्रदेशसरकारको प्रदेश प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेको बताउनुभयो ।



मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशका ११ जिल्लाहरुका अस्पताल व्यवस्थापन समितिहरु बीचको अन्तरक्रिर्या कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रवक्तासमेत रहनुभएका मन्त्री खड्काले कोरोना पछि स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्न आवश्यक रहेको महशुस भएको बताउनुभयो ।
“कोरोना सम्म गण्डकी प्रदेश सरकाले भौतिक पुर्वाधारमा लगानी गर्दै आएकोमा कोरोनापछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न शुरुवात गरेको छ” मन्त्री खड३काले भन्नुभयो “हामीले अस्पतालका पुर्वाधार तथा उपकरणमा लागनी बढाइरहेका छौं ।”



गण्डकी प्रदेश अस्पताल व्यवस्थापन समन्वय समितिको आयोजनामा उक्त अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ११ जिल्लाका अस्पताल व्यवस्थापन समितिका सदस्यहरुले अनुभव आदान प्रदान गरिएको थियो ।

११ जिल्लाका अस्पतालको प्रतिनिधित्व गर्दै धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले अस्पतालको समस्या, चुनौती र सेवाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश अस्पताल व्यवस्थापन समन्वय समितिको तर्फबाट व्यवस्थापन समितिहरुलाई अस्पतालको विकास र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको समन्वय समितिका अध्यक्ष तथा पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *