पोखरामा जारी राष्ट्रिय फुटसल लिगमा मंगलबार धरानका दुई क्लबको जित

आदर्श अनलाइन, पोखरा
पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले ढुकुमाथि ५–३ को जित हात पारेको छ ।

मंगलबार बहुउद्देश्यीय कभर्ड हल (फुटसल कोर्ट) मा भएको खेलमा राइजिङले पुनरागमन जित निकालेको हो । खेलको ८ औँ मिनेटमा ढुकुका अमित लामाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको ढुकु दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको २५ औ मिनेटमा पिभोट हेमन्त थापा मगरले बराबरी गोल फर्काए । यस्तै २८ औँ मिनेट ढुकुका आला प्रसिद्ध मगरले गोल गर्दै ढुकुलाई पुनः अग्रता दिलाए ।

राइजिङका आला सुदिप गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै ढुकुले खेलमा फर्कने प्रयास ग¥यो । ३५ औँ मिनेट आला अभय रानाले गोल गरे । ३-२ ले अघि रहेको ढुकु त्यसपछि भने सम्हालिन नसक्दा हार बेहोरेको छ । राइजिङका पिभोट विवेक राईले ३५ औँ मिनेटमा गोल गर्दै बराबरी गरे । लगत्तै पिभोट मिलन राईले गोल गर्दै पुनरागमन अग्रता दिलाए । उनले ३६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरे । जितसँगै राइजिङको ६ खेलबाट १२ अङ्क रहेको छ । राइजिङले अब १ खेल जितेमा उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

जितबाट खुसी छु : प्रशिक्षक युवेन्द्र

राइजिङका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले खेलाडीको प्रदर्शनबाट खुसी रहेको बताए । उनले आफ्नो मुख्य गोलरक्षक नरहे पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्टि रहेको प्रतिक्रिया दिए । ‘केटाहरूको प्रदर्शनबाट खुसी छु । तर, रेफ्रीको निर्णयमा भने सुधारिएन’ उनले भने, ‘हामी अब रेलिगेसन हुनबाट जोगियौँ । एक खेल जितेमा सम्भवतः टप ४ मा पुग्छौ भन्ने लागेको छ । खेल हो हेरौँ के हुन्छ । ’

पिडा भएको छ : प्रशिक्षक महर्जन

ढुकु फुटसल हबका मुख्य प्रशिक्षक राज महर्जनले भने आफूहरू पिडामा भएको प्रतिक्रिया दिए । उनले हारसँगै रेलिगेसनको जोखिम बढेकाले निकै समस्या परेको सुनाए । ‘हामी निकै पिडामा छौँ । रेफ्रीको समस्या फेरी दोहोरियो । जुन खेल खेलाउन पर्ने त्यो भएको देखिएन’ उनले भने । हामी अब भिडियोमा हेर्ने छौँ र निर्णय गर्नेछौ ।’

घरेलु टोली सविनका हार

मंगलबार नै सम्पन्न दोस्रो खेलमा घरेलु टोली सविन मेमोरियलले दोस्रो हार बेहोरेको छ । सविनलाई फुटसल ५ धरानले ५–४ गोल अन्तरले हराएको हो । खेलमा सविनले अग्रता दिलाए पनि जित हात पार्न भने सकेन । खेल सुरु भएको १ मिनेटमा सविनका मनोज गुरुङले गोल गर्दै अग्रता दिलाए । दोस्रो मिनेटमा अभिनाष तामाङले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको चौथो मिनेटमा कप्तान अनुप राना मगरले गोल गरे । सोही समयमा धरानका रञ्जित गुरुङले गोल गर्दै अग्रता घटाए । १२ औँ मिनेटमा अभिनाषले दोस्रो गोल गर्दै खेल ४–१ को स्थितिमा ल्याए । खेलको १७ औँ मिनेटमा प्रवेश जोशीले गोल गर्दै अग्रता घटाए । पहिलो हाफ ४–२ मा सकिएपछि दोस्रो हाफमा भने धरानले ३ गोल थप्दै जित हात पा¥यो । ३२ औँ मिनेटमा प्रवेश जोशीले व्यक्तिगत दोस्रो गोल गरे । सोही समयमा विजय श्रेष्ठले अर्को गोल गर्दै कम ब्याक गोल गरे ।

विजयले ३६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । जितसँगै फुटसल ५ धरानका प्रशिक्षक विश्वास लामाले खेलाडीको प्रदर्शनबाट खुसी रहेको प्रतिक्रिया दिए । उनले खेलाडीको मेहनतकै कारण जित भएको बताए । उता सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीमा ओभर कन्फिडेन्स आउँदा हार बेहोरेको प्रतिक्रिया दिए । उनले खेलाडीमा तालमेल नमिल्दा हार बेहोरेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *