भिटामिन ‘बी’ १२ को कमी समस्या र समाधान

जिवन शाक्य
रक्त अल्पताले गर्दा सुत्केरी अवस्थामा रगत बगेर मृत्यु हुने हुन्छ भने भिटामिन ‘बी’ १२ को कमीले कमजोरी थकाई, आखा धमिलो देख्ने, मानसिक उदासीपन पनि हुने हुन्छ । दुवैको कमीले दाम्पत्य यौन जीवन निरास बन्न सक्छ । तर, कति मात्रामा रक्त अल्पता वा भिटामिन ‘बी’ को कमी छ, यसमा भर पर्छ ।

नेपालमा कुपोषण, स्वास्थ्य समस्याको रुपमा रहेको छ । किनभने शिशु, बाल अवस्था, किशोर किशोरी, गर्भवती, सुत्केरी महिलाहरुमा यसको समस्या अझ धेरै छ । यसको कारण गरिबी अशिक्षा, बेरोजगारी र महंगी हो भने अर्कोतिर गर्भवती, सुत्केरी महिलाले परिवारमा श्रीमान्, सासु, अन्य सदस्यहरुबाट पाउने मानसिक, भौतिक, सहयोग भरथेगमा कमीकमजोरी भएर हो । र यस्तै बच्चा बालबालिका केटाकेटीहरुले राम्रो स्याहार सुसारको खानपान सरसफाई नपाएर हो । नेपालमा अझै परिवारका सदस्यहरुले छरछिमेक संघ संस्थाबाट गतिलो, सुरक्षित, स्वास्थ्य सेवा, सुरक्षा पाउने अवस्था विकसित भइसकेको छैन । एकातिर गरिबी बेरोजगारको समस्या, अर्कोतिर महंगीले गर्दा माछा, मासु, अण्डा, दुध र दुधजन्य महंगो खानाहरु खान नपाउने समस्या छ । यसले गर्दा स्वास्थ्य समस्यासंगै आवश्यक पोषक तत्व, खनिज पदार्थ र भिटामिनको कमी जस्ता समस्याहरु निम्तिएको छ । रक्त अल्पता र ‘बी’ १२ को कमीका लक्षण समस्याहरु मिल्दोजुल्दो हुन्छ । रक्त अल्पताले गर्दा सुत्केरी अवस्थामा रगत बगेर मृत्यु हुने हुन्छ भने भिटामिन ‘बी’ १२ को कमीले कमजोरी थकाई, आखा धमिलो देख्ने, मानसिक उदासीपन पनि हुने हुन्छ । दुवैको कमीले दाम्पत्य यौन जीवन निरास बन्न सक्छ । तर, कति मात्रामा रक्त अल्पता वा भिटामिन ‘बी’ को कमी छ, यसमा भर पर्छ ।

भिटामिन ‘बी’ को काम भनेको रातो रक्त कोषहरु र डिएनए जीन बनाउने हो । जसले शरीरको अक्सिजन बोकेर सबै कोषहरुमा पु¥याउने कार्य गर्दछ । यसको कमीमा होमो सिस्टिन भन्ने तत्व कमी भएर नशा, तन्तु र दिमागलाई नराम्रो असर बनाएर हिँड्न कठिनाई, असन्तुलित हुने, बिर्सिने, उदासीपनले छुने, आँखा धमिलो देख्ने, राता रक्त कोषहरु बन्ने क्रममा विकृति आउँछ र अक्सिजन बोक्न नसक्ने हुन्छ ।

यसको कमी ६० वर्ष काटेका बुढाबुढीलाई सबै भन्दा बढी हुन सक्छ ।
लक्षणहरु :
शरीरको धेरै भाग झमझमाउने, सल्का हान्ने, सियोले घोँचे जस्तो हुने, जिव्रो सुनिने, रातो हुने,, छाला सेतो हुने, मुटुको धुकधुकी वढने,शाश फेर्न कठिनाई हुने, श्वास छोटो छोटो हुने, मांशपेशी कमजोरी भएर हिँड्न कठिनाई वा असन्तुलन हुन सक्छ । चक्कर लाग्ने, छिट्टै थाक्ने, खाना रुचि नहुने, उदासी पनले धेरै छोएको हुन सक्छ । कहिले पखाला, कहिले दिसा गोट्ठा पर्ने, स्कुले बच्चाहरुमा कमजोरी लोसिने, सम्झना शक्ति कम हुने आदि समस्या हुन सक्छ । ३० देखि ४० प्रतिशत मान्छेहरुमा उदासीपन, सम्झना शक्ति कम हुने बिर्सिने र अन्य नशाजन्य गम्भीर समस्या पनि हुन सक्छ । आँखा नदेख्ने समस्या पनि आउन सक्छ ।

कारण ?
माछा, मासु, अण्डा, दुध, दही र दुधजन्य परिकारहरुमा ‘बी’, १२ बढी पाइने भएकोले शुद्ध शाकाहारी खाना खाने मान्छेहरुमा भिटामिन ‘बी’ को कमी भएर समस्या बढी हुन्छ । सुख्खा फलफूल, बडाम, पिस्टा बदम, दाँते ओखरमा केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । आप, एप्रिकट फलफूलहरुमा केही पाइन्छ ।

धेरै मात्रामा नशा लाग्ने, अल्कोहलिक पदार्थ खाने मान्छेहरुमा पनि यसको कमी हुन्छ । साथै ग्यासट्राइटिस भएका बिरामीहरुले omeprazole, pantoprazole, esmoperazole, aciloc, ranitidine famotideine antacids etc र चिनी रोगको लागि metformin औषधी खाँदा भिटामिन ‘बी’ को कमी हुन सक्छ ।

खानामा पेटबाट भिटामिन ‘बी’ १२ सोस्ने, एउटा विशेष खाले प्रोटिनको कमीले गर्दा भिटामिन ‘बी’ १२ नशोसिने हुन सक्छ, जसलाई इन्ट्रिन्जिक फ्याक्टर भनिन्छ । साथै शरीरमा असुरक्षित जनावरजन्य खानेकुराहरु पेटको झिल्ली कोष विरुद्ध प्रतिकूल काम गरेर auto immune antibodies वा कुनै कारणले पेट भित्रको कोषहरु नष्ट गर्ने आउटो इम्युन एन्टिवडीहरु बन्यो भने पनि भिटामिन ‘बी’ १२ को कमी गराउन सक्छ । जसले आन्द्रामा दीर्घकाल सम्म सुजन वा घाउ भएर पखाला लाग्ने समस्या गराउन सक्छ । साथै पेटको अल्सर भएर पेटको केही भाग अप्रेसन गरेर काट्नु प¥यो भने पनि यस्तो समस्या आउन सक्छ ।

लामो समय सम्म जुकाहरुको संक्रमण वा पखाला लाग्ने रोगमा पनि यो समस्या हुन्छ भनिएको छ ।
उपचारः
यसको कमी या लक्षणहरु देखिने वित्तिकै चिकित्सक या स्वास्थ्यकर्मीको परामर्श उपचारलाई बढी प्राथमिकता दिनुपर्छ र पशुजन्य आहार खानपान गर्नै पर्ने हुन्छ ।
बचावटः
सबै भन्दा पहिला गर्भवती सुत्केरी महिलाहरुलाई उनीहरुको खानपान सरसफाई निद्रा, आराम, विश्राममा ध्यान दिनु आवश्यक छ । ताकि जन्मिने शिशुहरु स्वस्थ जन्मियोस्, जन्मेका शिशु बालबालिकाले पूर्ण स्तनपान पाओस्, तनाव दिनु, सम्वन्ध परिवारका सदस्यहरु बिच खराब भयो भने शिशु बालबालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।

सबै खोप पाउने र स्याहार सुसार, खानपान, बालबालिका, किशोरी, युवा, प्रौढ र बुढेसकाल सबै उमेरकालाई राम्रो सुरक्षित पोषिलो पाउने पारिवारिक वातावरण हुनु पर्दछ । यसमा राज्यको भूमिका एकदम सकारात्मक हुनु जरुरी छ । अहिलेको जस्तो बेरोजगार अनियन्त्रित महंगी र तयारी खाना बढी पाइने र रासायनिक खानाले धेरैको स्वास्थ्य खलबलिने लगायत रोगको महामारी निम्त्याउने हुन्छ । अशान्ति अनिश्चितताले मानसिक शारीरिक स्थिति अधिकांश जनताको खलबलिने हुन्छ, कारण कमी कमजोरी खानपान सबैमा हुने सम्भावना भइरहन्छ ।

गर्भवती, सुत्केरी र बुढेसकालमा संघ संस्थाहरुबाट आवश्यक सहयोगी सामाजिक कार्यक्रम सञ्चालन हुनु जरुरी छ । भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *