बेथिति र भ्रष्टाचारको अन्त्य आफैबाट गर्नुपर्छ : नगरप्रमुख पौडेल

आदर्श अनलाइन, बागलुङ
जैमिनीे नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पादन गरेका काम र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले नगरमा बेथिति र भ्रष्टचारको अन्त्य आफैबाट गर्नुपर्ने बताउनुभयो । उहाँले नगरमा कुनै पनि भ्रष्टचार नभएको भन्दै कुनै पनि जनप्रचिनिधि तथा कर्मचारीबाट त्यस किसिमको काम गरेको प्रमाणसहित पेश गरेमा नगरपालिकाले नै कारवाही गर्ने बतानुभयो ।

सार्वजनिक सुनुवाईमा उठेका प्रशनको जवाफ दिदै पौडेलले भन्नुभयो ‘नगरपालिकाले अहिलेसम्म बिधि विपरित काम गरेको छैन, अहिले जैमिनी नगरपालिका गण्डकी प्रदेशकै पाँचौ सुशासन कायम गर्न सफल पालिका भएको ।’

पौडेलले आफ्नो टोलीको जापन भ्रमण बारे जनस्तरबाट पटक पटक प्रशनहरु उठेको र जापन भम्रण मनोरन्जनको लागि नभई समग्र नगरको विकासको लागि जापानको विकास कसरी भयो भनी बुझ्न, हेर्न र सिक्न गएको गएको बताउनुभयो ।

उहाँले सार्वजनिक सुनुवाईले नगरपलिकाले अहिलेसम्म काम गर्दा कहाँ कसरी गल्ती भयो र नगरवासीहरु पालिकाको कामदेखि सन्तुष्ट भए नभएको बुझ्न र आगामी दिनदेखि भएको कमी कमजोरी सुधार्ने बताउनुभयो ।

कार्यक्रमममा स्थानीयहरुले सडकको दुरावस्था, सवारी साधनको मनलाग्दी भाडादर, बजार अनुगमन कर्मकाण्डी भएको, अनुगमन नै नगरी योजनाहरुको बजेट भुक्तानी हुने गरेको, सुकुम्बासी समस्या, पालिकाले कतिलाई रोजगारी सिर्जना गर्यो, कृषि तथा पशुपालनका क्षेत्रमा भएका लगानीबाट प्रतिफल नआएको भन्दै जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई जवाफ माग गरेका थिए ।

उनीहरुले कुश्मीसेरा बजारमा सडकबक्ति जडानको लागि उपभोक्ता समिति गठन गरे पनि पछि नगरपालिकाले समय ढिला भएको भन्दै आफै गरेको र अहिले उक्त बत्ति बल्न छोडेको भन्दै आक्रोस पोखेका थिए । यस्तै उनीहरुले टुनिबोटमा पहिरोले क्षेत्री पु¥याएको घर उच्च जोखिममो सुचिमा नपरेको र केहि पनि नभएको घर जोखिममा परेको भन्दै स्पष्टिकरण माग गरेका थिए ।

कार्यक्रममा नेकपा एमलेका नेता रुद्र आचार्य, नेपाली काँग्रेसका प्रेमप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका शोभाप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका ठाकुर प्रसाद शर्माा, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुणेन्द्र सापकोटा, स्थानीयहरु आनन्द अमै, डिल्लीप्रसाद शर्मा, तिलक बहादुर थापा, छाया चापागाई लगायतले प्रश्न राख्नुभएको थियो ।

कार्यक्रममा पत्रकार प्रकाश बरालले टिप्पणी राख्नुभएको थियो । जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रमको स्वागत उपप्रमुख लिला राना र संचालन पत्रकार तारानाथ आचार्यले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *